Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

एशियाली पूर्वाधार लगानी बैंकबाट ऋण स्वीकृत


इजिप्ट । इजिप्टका राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा बिजुली मेट्रो लाइनको वित्तपोषण गर्न एशियाली पूर्वाधार लगानी बैंकबाट ऋण स्वीकृत गर्नुभएको छ । गत वर्ष जुलाईमा इजिप्टको अन्तर्राष्ट्रिय सहयोग मन्त्रालय र एआईआईबीबीच हस्ताक्षर भएको २५ करोड यूरो (लगभग २७७ मिलियन अमेरिकी डलर) को ऋण सम्झौता इजिप्टको सरकारले अगस्ट २०२३ मा र प्रतिनिधिसभाले जुन २०२४ मा स्वीकृत गरेको थियो । ऋण पाँच वर्षको अनुग्रह अवधिमा १८.५ वर्षमा फिर्ता गर्ने सहमति छ ।

सम्झौताअनुसार बहुपक्षीय विकास बैंकले अलेक्जान्ड्रियाको अवस्थित अबु किर रेलवेलाई उच्च कुशल मेट्रो लाइनमा स्तरोन्नति र विद्युतीकरण गर्न परियोजनालाई वित्त पोषण गर्नेछ । १.५ अर्ब युरो लागत अनुमान गरिएको यो परियोजनामा एआईआईबी, पुनर्निर्माण तथा विकासका लागि युरोपेली बैंक, युरोपेली लगानी बैंक र फ्रान्सेली विकास एजेन्सीले सह–वित्त सहयोग गर्नेछन् ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । का राष्ट्रपति अब्देल–फत्ताह अल–सिसीले उत्तरी तटीय प्रान्त अलेक्जान्ड्रियामा बिजुली मेट्रो लाइनको वित्तपोषण गर्न एशियाली पूर्वाधार लगानी बैंकबाट ऋण स्वीकृत गर्नुभएको छ ।

गत वर्ष जुलाईमा इजिप्टको अन्तर्राष्ट्रिय सहयोग मन्त्रालय र एआईआईबीबीच हस्ताक्षर भएको २५ करोड यूरो (लगभग २७७ मिलियन अमेरिकी डलर) को ऋण सम्झौता इजिप्टको सरकारले अगस्ट २०२३ मा र प्रतिनिधिसभाले जुन २०२४ मा स्वीकृत गरेको थियो । ऋण पाँच वर्षको अनुग्रह अवधिमा १८.५ वर्षमा फिर्ता गर्ने सहमति छ । सम्झौताअनुसार बहुपक्षीय विकास बैंकले अलेक्जान्ड्रियाको अवस्थित अबु किर रेलवेलाई उच्च कुशल मेट्रो लाइनमा स्तरोन्नति र विद्युतीकरण गर्न परियोजनालाई वित्त पोषण गर्नेछ । १.५ अर्ब युरो लागत अनुमान गरिएको यो परियोजनामा एआईआईबी, पुनर्निर्माण तथा विकासका लागि युरोपेली बैंक, युरोपेली लगानी बैंक र फ्रान्सेली विकास एजेन्सीले सह–वित्त सहयोग गर्नेछन् ।सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।


प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?