Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

पारालिम्पिकमा पलेशाले दिलाइन् नेपाललाई ऐतिहासिक पदक


काठमाडौँ। नेपालका पलेशा गोवद्र्धनले फ्रान्समा जारी पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोबाट काँस्य पदक जितेकी छन् । पारा तेक्वान्दो खेल नेपालमा शुरुवात भएको एक दशकमा नै यो खेलकी खेलाडी पलेशा गोवद्र्धनले ऐतिहासिक पदक दिलाएकी हुन् ।

पेरिसको ग्राण्ड प्यालेसमा शुक्रवार राती भएको पारा तेक्वान्दोको के–४४ क्याटागोरीअन्तर्गत महिला ५७ केजी तौलसमूहमा पलेशाले काँस्य पदक दिलाइन् । रिपाचेजमार्पत काँस्य पदकका लागि भएको प्रतिष्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिसेभमाथि १५–८ स्कोरको सनसनीपूर्ण जित निकाल्दै देशलाई ऐतिहासिक सफलता दिलाएकी हुन् ।

यो पदक नेपालको खेलकुद इतिहासमा नै सबैभन्दा ठूलो हो । नेपालले अहिलेसम्म ओलम्पिक र पारालिम्पिकमा पदक जित्न सकेको थिएन । जितपछि पलेशाका प्रशिक्षक कविराज नेगी लामाले यो सफलता सम्पूर्ण देशवासीको रहेको र जितको खुशी आफूले बयान नै गर्न नसकिने बताए । देशलाई ऐतिहासिक पदक दिलाउन पाउँदा धेरै खुशी रहेको उनी बताउँछन् । लामो समयपछि लक्ष्य र तपस्या पूरा भएको उल्लेख गर्दै प्रशिक्षक लामाले ऐतिहासिक पदकसहित देश आउन आतुर रहेको बताएका छन् । पलेशाले रिपाचेजको पहिलो खेलको फ्रान्सकी सोफी काभरजानलाई २–१ ले हराएकी थिइन् ।

उनले राउण्ड अफ १६ मा भेनेजुएलाकी मोरालेस भालेरियालाई ३१–० ले हराउँदै राम्रो शुरुवात गरेकी थिइन् । तर क्वार्टरफाइनलमा विश्व नम्बर ब्राजिलकी कार्डोसो फर्नान्डेस सिल्भानासँग १०–८ को साँघुरो अन्तरले पराजित हुन पुगिन् । यद्यपि उनले रिपाचेजमार्पत काँस्य पदकको लागि भएको प्रतिष्पर्धामा सफलता प्राप्त गरिन् । पलेशाले दोस्रोपटकको प्रयासमा पारालिम्पिकमा पदक जितेकी हुन् । सन् २०२० पारालिम्पिकमा पनि उनी काँस्य पदकको प्रतिष्पर्धामा चुकेकी थिइन् । सन् २०१२ देखि तेक्वान्दोका खेलाडी यादव कुँवरले पारा तेक्वान्दो खेल्न शुरु गरेका हुन् ।

दक्षिण कोरियामा भएको दुर्घटनामा हात गुमाएपछि तेक्वान्दोकै खेलाडी यादवले पारा तेक्वान्दो खेल्न शुरु गरेका थिए । उनले नै नेपाललाई पारा तेक्वान्दोमा पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए । उनले सन् २०१३ मा स्विट्जरल्यान्डमा भएको चौथो विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा काँस्य र सन् २०१४ मा रसियामा भएको पाँचौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए ।

हाल क्यानडामा रहेका यादवले पलेशाको सफलतासँगै जीवनको ठूलो लक्ष्य पूरा भएको प्रतिक्रिया दिए । पारा तेक्वान्दोमा आफूले देखेको सपना पलेशाले पूरा गरिदिएको उनको भनाइ छ । पारा तेक्वान्दोकै पूर्वप्रशिक्षक कल्याण कुँवरले पनि पलेशालाई बधाई दिँदै आफ्नो अधुरो सपना पूरा भएको बताए ।


प्रकाशित मिति: १५ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?