Trending
>>   एसिडिटी के हो ? यस्ता छन् सजिलै निवारण गर्ने उपायहरु >>   रास्वपालाई अमेरिकाले चीन विरोधी शक्तिको रुपमा प्रयोग गर्छः राष्ट्रिय जनमोर्चा >>   मध्यपूर्वको तनावलाई अर्थ मन्त्रालयले कसरी हेरेको छ ? >>   हिम्मत भए प्रधानमन्त्रीको कार्यकक्षमा र संसद भवनमा ग्रेटर नेपालको नक्शा राख्न बालेनलाई चुनौती >>   सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष >>   नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने >>   हतार र हतास मनस्थितिमा आएर राजीनामा दिएको थिइनँः सभापति थापा >>   मुलुकमा सुशासन कायम तथा शासकीय सुधारका सन्दर्भमा सरकारसँग सहकार्य गर्छौंः सभापति थापा >>   राष्ट्रिय स्वतन्त्र पार्टीको उदय हुनुमा प्रवासी नेपालीको ठूलो भुमिका छ : सोमनाथ सापकोटा >>   नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्‍याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
Logo
१० चैत्र २०८२, मंगलवार
१० चैत्र २०८२, मंगलवार

राष्ट्रपति पौडेललाई सामुदायिक रेडियो प्रसारक संघको बधाई


११ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेललाई सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारी तथा कार्यसमितिले सो पदमा निर्वाचित भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् । राष्ट्रपति भवन शितल निवासमा एक कार्यक्रमका बीच सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीले भेटेर बधाई दिएका हुन् ।

सामुदायिक रेडियो प्रसारक संघको प्रतिनिधिलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति पाैडेलले सामुदायिक रेडियोका कारण गाँउ गाँउसम्म आम नागरिकमा सुचनाको पहुँच पुगेको भन्दै सामुदायिक रेडियोहरुलाई धन्यवाद दिए । साथै स्थानीय उत्पादन र स्थानीय तहमा उत्पादनशिलताको विकास गर्न सामुदायिक रेडियोहरुको भूमिका विशेष रहेको सम्माननीय राष्ट्रपति पाैडेलको धारणा थियो ।

उक्त अवसरमा राष्ट्रपति पाैडेलले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि यहाँहरुको ठूलो भूमिका रहेका छ । त्यही भएकाले स्थानीय तहमा उत्पादनशीलतालाई यहाँहरुले प्रोत्साहन गर्नुभयो भने मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्छ ।’

राष्ट्रपति पाैडेलले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गनुपर्ने बताए । उनले श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य भएपनि अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको बताए । राष्ट्रपति पाैडेलले यो धारणा बदल्न र काम प्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा प्रदान गर्न पर्ने सामुदायिक रेडियोको दायित्व भएकोमा जोड दिए ।

उक्त अवसरमा सामुदायिक रेडियो प्रसारक संघको अध्यक्ष अर्जुन गिरीले सम्माननीय राष्ट्रपति ज्यूलाई रेडियो सेट उपहार दिएका थिए ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?