Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

राष्ट्रपति पौडेललाई सामुदायिक रेडियो प्रसारक संघको बधाई


११ चैत्र, काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेललाई सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारी तथा कार्यसमितिले सो पदमा निर्वाचित भएकोमा बधाइ तथा सफल कार्यकालको शुभकामना दिएका छन् । राष्ट्रपति भवन शितल निवासमा एक कार्यक्रमका बीच सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीले भेटेर बधाई दिएका हुन् ।

सामुदायिक रेडियो प्रसारक संघको प्रतिनिधिलाई सम्बोधन गर्दै सम्माननीय राष्ट्रपति पाैडेलले सामुदायिक रेडियोका कारण गाँउ गाँउसम्म आम नागरिकमा सुचनाको पहुँच पुगेको भन्दै सामुदायिक रेडियोहरुलाई धन्यवाद दिए । साथै स्थानीय उत्पादन र स्थानीय तहमा उत्पादनशिलताको विकास गर्न सामुदायिक रेडियोहरुको भूमिका विशेष रहेको सम्माननीय राष्ट्रपति पाैडेलको धारणा थियो ।

उक्त अवसरमा राष्ट्रपति पाैडेलले भने, ‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि यहाँहरुको ठूलो भूमिका रहेका छ । त्यही भएकाले स्थानीय तहमा उत्पादनशीलतालाई यहाँहरुले प्रोत्साहन गर्नुभयो भने मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्छ ।’

राष्ट्रपति पाैडेलले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गनुपर्ने बताए । उनले श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य भएपनि अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको बताए । राष्ट्रपति पाैडेलले यो धारणा बदल्न र काम प्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा प्रदान गर्न पर्ने सामुदायिक रेडियोको दायित्व भएकोमा जोड दिए ।

उक्त अवसरमा सामुदायिक रेडियो प्रसारक संघको अध्यक्ष अर्जुन गिरीले सम्माननीय राष्ट्रपति ज्यूलाई रेडियो सेट उपहार दिएका थिए ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?