Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

अब देशमा द्वन्द्व र काटमारको अन्त्य हुनेछ : सभापति देउवा


काठमान्डौ।  नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै देशमा द्वन्द्व र काटमारको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले संक्रमणकालीन न्याय सम्बन्धी कानून संसदबाट सर्वसम्मत पारित भइ राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणित भइसकेकोप्रति खुशी व्यक्त गरे गर्दै उनले अब पुरानो द्वन्द्व, काटमारको अन्त्य हुने विश्वास व्यक्त गरेका छन् । उनले संक्रमणकालीन न्याय सम्बन्धी कानून बनेसँगै नेपाल महत्वपूर्ण दिशामा विकास र अन्य काममा अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘अहिले एउटा महत्वपूर्ण कुरा के छ भने टिआरसी भनेर हामीले संसदबाट सर्वसम्मतिले पास गरेका छाँै । राष्ट्रपतिज्युबाट पनि प्रमाणीकरण भइसकेको छ । अब पुरानो द्वन्द्व, काटमार जुन थियो, त्यो कुराहरुको अन्त्य हुनेछ भन्ने मलाई विश्वास छ । त्यसले गर्दा अबका दिनमा यस्ता कुराहरु हुने छैनन् । नेपालले अत्यन्तै महत्वपूर्ण दिशामा विकास र अरु काममा अगाडि बढ्नेछ भन्ने मलाई विश्वास छ ।’

सभापति देउवाले अहिलेको गणतन्त्र बहुदलीय व्यवस्थामा आधारित गणतन्त्र रहेको बताउदै गणतन्त्रलाई स्थायी रुपमा स्थापित गर्न सक्नुपर्ने बताएका छन् ।


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?