Trending
>>   महाधिवेशन प्रतिनिधिलाई काँग्रेसले भन्यो– विशेष महाधिवेशन भनिएको भेलामा उपस्थित नहुनू >>   काँग्रेसको नीति र नेतृत्व फेरौँः महामन्त्री थापा >>   बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस् >>   एउटा कानून बनाउन ५ वर्ष लगाउनेलाई आगामी निर्वाचनमा भोट नदिनुस् :कानूनमन्त्री सिन्हा >>   ‘ग्लोवल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन)’ मार्फत वार्षिक ६ अर्ब ३३ करोड डलर आम्दानी गर्ने… >>   अमेरिका र नेपालबीच सांस्कृतिक सम्पदा संरक्षण सम्झौता >>   ५ सय ९९ जना प्रहरी कर्मचारीहरू कारवाहीमा >>   भरूवा बन्दुक सहित एक जना पक्राउ >>   टर्कीको तेल र ग्यास उत्पादनमा अभूतपूर्व वृद्धिः ६०–७० अर्ब डलरको आयात भार घट्ने >>   खोला मापदण्डको विरोध गर्दै सडकमा पीडितहरू (तस्बिरसहित)
Logo
२६ पुष २०८२, शनिबार
२६ पुष २०८२, शनिबार

देश अभिभावक बिहीन भयोः अध्यक्ष लिङदेन


काठमान्डौ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले देश अभिभावकबिहीन भएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रिय सल्लाहकार समितिको बैठकलाई सम्बोधन गर्दै उनले नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरु नै अस्थिरताको कारक रहेको बताएका छन्  ।

उनले आफूले पाएको मौकालाई राजनीतिक दलहरुले  व्यक्तिगत र पार्टीको जीवन शासनलाई चिरस्थायी बनाउने काममा मात्रै लगाएको आरोप लगाए । उनले नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्नेकुरा सामान्य कुरा नभएको पनि बताएका छन्  । काँग्रेस—एमालेको दुई दलीय शासन व्यवस्थाको परिकल्पना सामान्य नरहेको बताउदै उनले  राजनीतिक दलहरुले सत्ताको दुरुपयोग गरिरहेको पनि आरोप लगाएका छन् । उनले राप्रपा अब पनि जस्तो शक्ति बलियो नबने देशले अझै कष्ट व्यहोर्नुपर्ने बताएका छन्  ।
उनले भने , ‘अहिले देश एक प्रकारले अभिभावक बिहीन भएको अवस्थामा छ । नेपाली जनताको मत जसले जसले ठूलो दलको रुपमा प्राप्त गरे, जो अहिले सरकारमा छन् । उनीहरु स्वयं अस्थिरताको कारक छन् । आफूले पाएको मौकालाई आफ्नो व्यक्तिगत जीवन र आफ्नो पार्टीको जीवन र शासनलाई चिरस्थायी बनाउने मौकाको रुपमा उपयोग गर्न खोजिरहेका छन् । सामान्य कुरा होइन की, नेपालमा दुई दलीय व्यवस्था परिकल्पना गर्नेकुरा भनेको सामान्य कुरा होइन । काँग्रेस र कम्युनिष्टहरुल कस्तो कुराको आँट र परिकल्पना गरिरहेका छन् । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भनेपनि यो साढे तीन दशकको समयमा राजा ज्ञानेन्द्रको १८ महिनाको प्रत्यक्ष शासन बाहेक राजाले म आफैँ चलाउनुप¥यो भनेर तीन वर्षको म्याद मागेर चलाएकोमा त्यो १८ महिनामै दलहरुले आपत्ति जनाएपछि ल दलहरुले नै चलाउन् भनेर छोडिदिएको हो । त्यो १८ महिनाको समय बाहेक जे सुकै नाममा होस्, यही काँग्रेस, एमाले, माओवादीको वरिपरि देशको सत्ता घुमिरहेको छ । सत्ताको कुन प्रकारको दुरुपयोग भएको छ, हामी साँच्चि छौँ । राप्रपा जस्तो शक्ति बलियो बनेर नआउने हो भने र जनतालाई अभिभावकत्व प्रदान नगर्ने हो भने देश ठूलो दुर्घटनामा जान्छ ।’

अध्यक्ष लिङदेनले अहिले देश हेर्दा सब ठिकठाक जस्तो लागेपनि भित्रभित्रै देशको परिस्थिति सामान्य नरहेको बताएका छन्  ।


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?