Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

राष्ट्रपति पौडेलद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रवार पहिलो दिन भक्तपुर दरवार स्क्वायरको पुग्नुभएको छ ।

राष्ट्रपति पौडेललाई भक्तपुर दरवार स्क्वायर पुग्नुहुँदा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधरणले स्वागत गर्नुभएको थियो । भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरणसंग सम्वाद समेत गर्नुभएको थियो ।

सो क्रममा सर्वसाधरणहरूले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्र्याउन अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । सो क्रममा राष्ट्रपति पौडेलले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकहरूसम्म पुर्याउने राम्रा लागि आफूले  शासन सञ्चालन गर्ने नेताहरूको ध्यानाकर्षण गराउने बताउनुभएको थियो ।

राष्ट्रपति पौडेलसँग सर्वसाधरणहरूले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्नुभएको थियो । सो क्रममा भक्तपुर दरवार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला संग्राहलय निरिक्षण गर्नुभयो ।


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?