Trending
>>   सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल बर्खास्त >>   दीपक भट्टको मानव अधिकार रक्षाको माग गर्दै परिवार पुग्यो आयोगमा >>   प्रधानमन्त्री साहको भारत भ्रमणबारे गृहकार्य भइरहेको छ: परराष्ट्र मन्त्रालय >>   ‘काठमाडौं फिल्म फेस्टिबल’ अगामी कात्तिक १३ गतेदेखि >>   तातोपानी र कोराला नाका सुचारु गर्न चीनसँग समन्वय भइरहेको छः परराष्ट्र मन्त्रालय >>   पोखरामा स्कुल बस दुर्घटनाः छानबिनका लागि ५ सदस्यीय समिति गठन >>   काठमाडौंमा अवैध सुन प्रशोधन कारखाना फेलाः तीन चिनियाँ नागरिक साढे ५४ करोडको सुनसहित पक्राउ >>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै
Logo
२४ आश्विन २०८३, शनिबार
२४ आश्विन २०८३, शनिबार

राष्ट्रपति पौडेलद्वारा भक्तपुर दरबार स्क्वायरको अवलोकन


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल सार्वजनिक स्थलमा पुग्ने ‘सार्वजानिक स्थलमा राष्ट्रपति’ भन्ने कार्यक्रम अन्तरगत शुक्रवार पहिलो दिन भक्तपुर दरवार स्क्वायरको पुग्नुभएको छ ।

राष्ट्रपति पौडेललाई भक्तपुर दरवार स्क्वायर पुग्नुहुँदा सांसदहरू, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख तथा सर्वसाधरणले स्वागत गर्नुभएको थियो । भक्तपुर दरबार स्क्वायरमा राष्ट्रपति पौडेलले सर्वसाधरणसंग सम्वाद समेत गर्नुभएको थियो ।

सो क्रममा सर्वसाधरणहरूले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकसम्म पुर्र्याउन अभिभावकका हैसियतले भूमिका निर्वाह गर्न आग्रह गरेका थिए । सो क्रममा राष्ट्रपति पौडेलले आम नागरिकको ठूलो बलिदानीबाट प्राप्त भएको गणतन्त्रको प्रतिफल नागरिकहरूसम्म पुर्याउने राम्रा लागि आफूले  शासन सञ्चालन गर्ने नेताहरूको ध्यानाकर्षण गराउने बताउनुभएको थियो ।

राष्ट्रपति पौडेलसँग सर्वसाधरणहरूले सार्वजानिक सेवामा सहज पहुँच पुग्न नसकेको, महंगीको मार थेग्न नसक्ने अवस्थामा पुगेको गुनासो गर्नुभएको थियो । सो क्रममा भक्तपुर दरवार स्क्वायर क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरको दर्शन, भैरवनाथ मन्दिर दर्शन र राष्ट्रिय कला संग्राहलय निरिक्षण गर्नुभयो ।


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?