Trending
>>   लेबनानमा इजरायली हवाई आक्रमणबाट ३४ जनाको मृत्यु, ८० घाइते >>   मेडिकल व्यवसायी दुर्गा प्रसाईँ प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता >>   हनी ट्र्याप घटनामा इन्स्पेक्टरसहित ६ जनाविरूद्ध मुद्दा >>   कांग्रेस-एमाले गठबन्धन अर्को निर्वाचनसम्म रहन्छ : प्रकाश शरण महत >>   देशमा पश्चिमी वायुको सामान्य प्रभावः तीन प्रदेशमा पानी पर्ने सम्भावना >>   आज मिति २०८१ साल मङ्सिर ११ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   शहीदहरुको सपना पूरा गर्न काँग्रेस सधैं लाग्छ : देउवा >>   राष्ट्रिय शहरी नीतिलाई मूर्त रुप दिन तदारुकताका साथ काम गर्दैछौंः उपप्रधानमन्त्री सिंह >>   सूर्य नेपाल सेन्ट्रल ओपनः तोरण विक्रम शाही शीर्ष स्थानमा >>   धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त
Logo
११ मंसिर २०८१, मंगलवार
११ मंसिर २०८१, मंगलवार

एकनारायण अर्याल मुख्य सचिव नियुक्त


काठमाडौं । सरकारले एकनारायण अर्याललाई मुख्य सचिव नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको हो ।

अहिलेकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण भदौ १५ गतेबाट अनिवार्य अवकाशमा जानुअघि सरकारले अर्याललाई मुख्य सचिव नियुक्त गरेको हो ।
अर्याल २ वर्षभन्दा बढी मुख्यसचिव रहनेछन् ।

२०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामती सेवामा प्रवेश गरेका अर्याल २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।


प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?