Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

राहुल गान्धीको सांसद पद खारेज


११ चैत्र, एजेन्सी । फौजदारी मानहानि मुद्दामा दुई वर्ष जेल सजाय सुनाइएका भारतका वरिष्ठ विपक्षी नेता राहुल गान्धीको सांसद पद खारेज गरिएको छ ।

गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई दोषी ठहर गरेको एक दिनपछि भारतीय संसद्को तल्लो सदनको कार्यालयले उक्त निर्णय सुनाएको हो ।

गान्धीलाई गुजरात राज्यको एउटा अदालतले सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर चुनावी ¥यालीमा दिएको प्रतिक्रिया सन्दर्भमा दोषी ठहर गरेको थियो । न्यायाधीशले आदेश सुनाउँदा कंग्रेस पार्टीका सांसदसमेत रहेका नेता गान्धी अदालतमा उपस्थित भएका थिए ।

गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद निर्वाचित भएका थिए । उनि हाल ३० दिनका लागि जमानतमा छन् र अदालतको निर्णय विरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

यसैबीच गान्धीको भारतीय काङ्ग्रेसले उक्त आदेश ‘त्रुटिपूर्ण भएको र त्यो कायम नरहने’ प्रतिक्रिया दिएको छ । आदेशको विरोधमा काङ्ग्रेसको नेतृत्वमा शुक्रवारदेखि विपक्षी नेताहरूसमेत सहभागी जुलुस राजधानी नयाँँ दिल्लीमा निकालिएको छ । उनीहरू ‘लोकतन्त्र खतरामा छ’ भन्ने नारा लेखिएको व्यानर बोकेर जुलुसमा सहभागी भएका थिए ।

कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले गान्धीले शुक्रवार संसद्मा बोल्न अनुमति मागेको तर त्यसलाई अस्वीकार गरिएको प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा बताएका थिए।

जुलुसका सहभागीलाई सम्बोधन गर्दै उनले भने, “यदि अवस्था यस्तै रहिरह्यो भने यो देशमा छिट्टै निरङ्कुशता र तानाशाही आउनेछ ।”

प्रदर्शनमा सहभागी केही सांसदलाई नियन्त्रणमा लिइएको भारतीय टेलिभिजनले उल्लेख गरेका छन् । प्रदर्शनकारीहरू राष्ट्रपति भवनतर्फ र्याली लिएर जाने प्रयास गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?