Trending
>>   घोषित मितिमै निर्वाचन सम्पन्न गर्न प्रधानमन्त्री कार्कीलाई पूर्वराष्ट्रपति भण्डारीको आग्रह >>   केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा >>   संसद सचिवालयको पदाधिकारी नियुक्तिमा खुला बहस आवश्यक छः सभामुख घिमिरे >>   देशको सामु धेरै ठूला चुनौतिहरु खडा भएका छन्ः राष्ट्रिय सभा अध्यक्ष दाहाल >>   वैदेशिक रोजगार पलायन होइनः श्रम सचिव डा. पुस्कर >>   कालोसूचिका प्रावधानमा रिभ्यु गर्दैछौँ, भ्रष्टाचार भएको भए क्षम्य हुँदैनः गभर्नर पौडेल >>   १०२ वटा दल एक्लाएक्लै निर्वाचनमा जाने >>   मानव अधिकार महाभेला सोमवारदेखि >>   सरकारले राष्ट्रिय सभा बैठक आह्वान नगरेकोमा सभामुख घिमिरेको असन्तुष्टि >>   १३ औं एनएसए कप पौडीमा आर्मी च्याम्पियन
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

राहुल गान्धीको सांसद पद खारेज


११ चैत्र, एजेन्सी । फौजदारी मानहानि मुद्दामा दुई वर्ष जेल सजाय सुनाइएका भारतका वरिष्ठ विपक्षी नेता राहुल गान्धीको सांसद पद खारेज गरिएको छ ।

गुजरातस्थित एउटा स्थानीय अदालतले गान्धीलाई दोषी ठहर गरेको एक दिनपछि भारतीय संसद्को तल्लो सदनको कार्यालयले उक्त निर्णय सुनाएको हो ।

गान्धीलाई गुजरात राज्यको एउटा अदालतले सन् २०१९ मा प्रधानमन्त्री नरेन्द्र मोदीको थरलाई लिएर चुनावी ¥यालीमा दिएको प्रतिक्रिया सन्दर्भमा दोषी ठहर गरेको थियो । न्यायाधीशले आदेश सुनाउँदा कंग्रेस पार्टीका सांसदसमेत रहेका नेता गान्धी अदालतमा उपस्थित भएका थिए ।

गान्धी दक्षिणी राज्य केरेलाको वायानाड राज्यबाट सांसद निर्वाचित भएका थिए । उनि हाल ३० दिनका लागि जमानतमा छन् र अदालतको निर्णय विरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

यसैबीच गान्धीको भारतीय काङ्ग्रेसले उक्त आदेश ‘त्रुटिपूर्ण भएको र त्यो कायम नरहने’ प्रतिक्रिया दिएको छ । आदेशको विरोधमा काङ्ग्रेसको नेतृत्वमा शुक्रवारदेखि विपक्षी नेताहरूसमेत सहभागी जुलुस राजधानी नयाँँ दिल्लीमा निकालिएको छ । उनीहरू ‘लोकतन्त्र खतरामा छ’ भन्ने नारा लेखिएको व्यानर बोकेर जुलुसमा सहभागी भएका थिए ।

कंग्रेसका अध्यक्ष मल्लिकार्जुन खर्गेले गान्धीले शुक्रवार संसद्मा बोल्न अनुमति मागेको तर त्यसलाई अस्वीकार गरिएको प्रदर्शनलाई सम्बोधन गर्ने क्रममा बताएका थिए।

जुलुसका सहभागीलाई सम्बोधन गर्दै उनले भने, “यदि अवस्था यस्तै रहिरह्यो भने यो देशमा छिट्टै निरङ्कुशता र तानाशाही आउनेछ ।”

प्रदर्शनमा सहभागी केही सांसदलाई नियन्त्रणमा लिइएको भारतीय टेलिभिजनले उल्लेख गरेका छन् । प्रदर्शनकारीहरू राष्ट्रपति भवनतर्फ र्याली लिएर जाने प्रयास गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?