Trending
>>   भोटेकोशी बाढीको प्रतिवेदन वागमती प्रदेश सरकारलाई पेश >>   एमालेले अगामी मंसिर पहिलो हप्ता काठमाडौंमा राष्ट्रिय भेला गर्ने >>   यस वर्ष त्रिविका ९५ हजार ५४० विद्यार्थी दिक्षित हुँदै >>   चाडपर्व नजिकिँदै गर्दा काठमाडौं महानगरको बजार अनुगमन तिब्र(तस्बिरसहित) >>   अध्ययन बिदामा विदेशिएका र सम्पर्कविहीन प्राध्यापकमाथि कारबाही गर्न त्रिविलाई सरकारको निर्देशन >>   ऋण लिएर ऋण तिर्दै सरकार >>   मङ्गोलियामा भालुको उपद्रोः मानव बस्तीमा बढ्दो जोखिमसँगै अधिकारीद्वारा शतर्कताको आग्रह >>   देशभर अनलाइन सपिङ ठगीको बिगबिगीः सामाजिक सञ्जालमा नअल्झिन प्रहरीको चेतावनी >>   आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित >>   नेपाली काँग्रेसमा विभाजनको औपचारिक घोषणाः विमलेन्द्र निधीले भने, ‘नयाँ घर बनाउने बेला आयो’
Logo
२३ आश्विन २०८३, शुक्रबार
२३ आश्विन २०८३, शुक्रबार

नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएकोप्रति आशंका छः सांसद मनिष झा


काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले नेपाल एयरलाइन्सका सबै जहाजहरु ग्राउण्डेड भएको भन्दै आवश्यक कदम लिनका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद झाले नेपाल एयरलाइन्सका सबै जाहाजहरु ग्राउण्डेड भएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

उनले सि चेकको लागि एक महिनाको लागि जहाज विदेश पठाएको भएपनि इटालीमा ९० दिनदेखि राखिएको बताए । उनले इटालीमा दैनिक ५ करोड रुपैयाँ पार्किङ शुल्क तिरेर घाटा व्यहोरिरहेको भन्दै यसप्रति कडा कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । उनले चाडपर्वको बेलामा अन्य निजी कम्पनीहरुसँग नाफा खानाका लागि एयरलाइन्सको जहाज ग्राउण्डेड गरिएको हो कि भन्ने आशंका पनि उब्जिएको बताए ।

उनले भने ‘नेपाल एयरलाइन्सको सबै जहाजहरु ग्राउण्डेड छ भन्ने कुराहरु आइरहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय रुटहरुमा सञ्चालित विभिन्न क्षेत्रहरुसँग, नेपाली जनता वा पर्यटकलाई बोक्नका लागि सञ्चालित रुटहरुमा कतैपनि हाम्रो ध्वजाबाहक उडिराखेको छैन । सि चेकको लागि एक महिनाको मात्र समय लिएर पठाइएको जहाज केही दिन दिल्लीमा राखियो र त्यहाँ कसैले देख्लान् कि भनेर लुकाउनका लागि इटाली लगियो । इटालीमा ९० दिनभन्दा धेरै भइसक्यो । जहाँ दैनिक रुपमा ३ हजार भन्दा धेरै पार्किङ चार्ज मात्र तिरिरहेका छौँ । दैनिकीहरुको खबर पढ्दै गर्दा दैनिक रुपमा हामीले ५ करोड भन्दा धेरै नोक्शाानी व्यहोरिरहेका छौँ । चाडपर्व आउन लागेको बेलामा कतै अन्तर्राष्ट्रिय अरु कम्पनीहरुले सञ्चालितहरुलाई पैसा र नाफा दिनका लागि सेटिङमा आफ्नो ध्वजावाहकलाई पार्किङमा पु¥याइएको हो कि भन्ने आशंका छ ।’

उनले हवाइ क्षेत्रको अध्ययन नगरेको व्यक्तिलाई राजनीतिक पहुँचको आधारमा सो क्षेत्रमा नियुक्ति दिलाउँदा पनि हवाइ क्षेत्रको अवस्था यस्तो बनेको बताएका छन् ।


प्रकाशित मिति: १३ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?