Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

अमेरिकी विशेष सल्लाहकारद्वारा ट्रम्पविरुद्ध नयाँ अभियोग दायर


सिन्ह्वा। अमेरिकी विशेष काउन्सिल ज्याक स्मिथले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार विरुद्ध संघीय फौजदारी मुद्दामा नयाँ अभियोग दायर गरेका छन् ।

सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पलाई उनको आधिकारिक आचरणको लागि राष्ट्रपतिको रूपमा अभियोजनबाट उन्मुक्ति दिइएको भन्दै अभियोग दर्ता गरिएको हो ।

नयाँ अभियोगले ट्रम्प विरुद्ध केही विशिष्ट आरोपहरू हटाएको छ । तर संयुक्त राज्य अमेरिकालाई धोका दिने षड्यन्त्र र आधिकारिक कार्यवाहीमा बाधा पुर्याउने षड्यन्त्रसहित चार आपराधिक आरोपहरू कायम राखेको छ ।

अभियोगमा पूर्व राष्ट्रपतिलाई २०२० को चुनावलाई उल्ट्याउन र लाखौं मतदातालाई मताधिकारबाट वञ्चित गर्ने षड्यन्त्र रचेको आरोप लगाइएको थियो । जुन योजनाले जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटलमा पुलिसमाथि हिंसक आक्रमणहरूको श्रृंखला निम्त्याएको थियो ।


प्रकाशित मिति: १३ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?