Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अमेरिकी विशेष सल्लाहकारद्वारा ट्रम्पविरुद्ध नयाँ अभियोग दायर


सिन्ह्वा। अमेरिकी विशेष काउन्सिल ज्याक स्मिथले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प, रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार विरुद्ध संघीय फौजदारी मुद्दामा नयाँ अभियोग दायर गरेका छन् ।

सर्वोच्च अदालतको निर्णयपछि ट्रम्पलाई उनको आधिकारिक आचरणको लागि राष्ट्रपतिको रूपमा अभियोजनबाट उन्मुक्ति दिइएको भन्दै अभियोग दर्ता गरिएको हो ।

नयाँ अभियोगले ट्रम्प विरुद्ध केही विशिष्ट आरोपहरू हटाएको छ । तर संयुक्त राज्य अमेरिकालाई धोका दिने षड्यन्त्र र आधिकारिक कार्यवाहीमा बाधा पुर्याउने षड्यन्त्रसहित चार आपराधिक आरोपहरू कायम राखेको छ ।

अभियोगमा पूर्व राष्ट्रपतिलाई २०२० को चुनावलाई उल्ट्याउन र लाखौं मतदातालाई मताधिकारबाट वञ्चित गर्ने षड्यन्त्र रचेको आरोप लगाइएको थियो । जुन योजनाले जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटलमा पुलिसमाथि हिंसक आक्रमणहरूको श्रृंखला निम्त्याएको थियो ।


प्रकाशित मिति: १३ भाद्र २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?