Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

बेलायती प्रधानमन्त्री सुनक र इजरायली समकक्षी नेतन्याहूबीच भेटवार्ता


११ चैत्र, एजेन्सी। बेलायती प्रधानमन्त्री ऋषि सुनकले इजरायली समकक्षी बेन्जामिन नेतन्याहुसँग डाउनिङ स्ट्रिटमा शुक्रबार भएको भेटमा ‘लोकतान्त्रिक मूल्यमान्यता’को रक्षा गर्नुपर्नेमा जोड दिएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

नेतन्याहू आफ्नो सरकारको न्यायिक सुधार कार्यक्रमलाई लिएर इजरायलमा हप्तौंदेखि जारी विरोध प्रदर्शनपछि लण्डन आइपुग्नुभएको छ । सुधार कार्यक्रमले अदालतमाथि राजनीतिज्ञहरूको शक्ति बढाउन भन्दै आलोचकहरूले यो लोकतन्त्रका लागि खतरा भएको तर्क गरेका छन् ।

संयुक्त राज्य अमेरिका र जर्मनीका नेताहरूसहित इजरायलका केही विदेशी सहयोगीहरूले विवादास्पद सुधारको बारेमा चिन्ता व्यक्त गरे तापनि बेलायत यस विषयमा मौन छ ।

डाउनिङ स्ट्रिटका प्रवक्ताले दुई नेताको बैठकको सारांशमा भनेका छन्, “प्रधानमनत्री सुनकले इजरायलमा प्रस्तावित न्यायिक सुधारलगायत दुई देशको सम्बन्धलाई आधार बनाउने लोकतान्त्रिक मूल्य मान्यतालाई कायम राख्नुपर्ने महत्वमा जोड दिए ।

नेतन्याहूको विरोधमा इजरायलको झण्डा र प्लेकार्ड बोकेका सयौं प्रदर्शनकारीले उनको आगमनलाई रोक्न गेटबाहिर सडकमा र्याली निकालेका थिए ।

डाउनिङ स्ट्रिटको १० नम्बर द्वारमा सुनकले इजरायली वरिष्ठ नेतालाई अभिवादन गर्दा प्रदर्शनकारीले यसलाई ‘लज्जा’ को बिषय भन्दै नारा लगाएका थिए ।

लण्डन प्रस्थान गर्नुभन्दा केही घण्टाअघि टेलिभिजनमार्फत सम्बोधन गर्दै नेतान्याहूले आफ्नो विभाजनग्रस्त मुलुकभित्र एकता कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

बेलायत सरकारले नेतन्याहूको दुई दिने भ्रमणबारे आंशिक विवरण सार्वजनिक गरेको छ ।

दुई देशले ‘२०३० रोडम्याप’ सम्झौतामा हस्ताक्षर गरेको केही दिनपछि लण्डनले ब्रेक्जिटपछिको स्वतन्त्र व्यापार सम्झौता गर्ने क्रममा ‘द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने’ बताएको थियो ।


प्रकाशित मिति: ११ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?