Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

बीमा सेवा व्यवस्थित छैनः मन्त्री पौडेल


काठमाडौ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमा सेवालाई व्यवस्थित गर्ने काम भइरहेको बताएका छन् ।

बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले अहिले प्राप्त बीमा सेवा व्यवस्थित नरहेकाले मन्त्रालयले त्यसबारेमा आवश्यक पहल लिइरहेको बताएका छन् । उनले बीमा रकमको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्याइने बताएका छन्। स्वास्थ्य मन्त्रालयले बीमाको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्याउने घोषणा गरेको बताउदै सो घोषणालाई सरकारको नीति बनाउने बताए ।

उनले स्रोत जुटाउनका लागि सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधालाई एकीकृत ढंगबाट बीमामा समायोजन गर्नु जरुरी रहेको बताएका छन् । उनले संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउन गरेको खर्च बीमा बोर्डमार्फत एकीकृत प्रणालीबाट गर्नुपर्ने बताए ।

उनले आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुहरुमा चिनी कर लगाएर आउने सम्पूर्ण रकम बीमामा लगाउनुपर्ने बताए । उनले विशिष्टिकृत सेवा सरलीकृत ढंगबाट सस्तोमा प्राप्त गर्ने उपाय भनेको बीमा मात्रै भएको भन्दै बीमालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?