Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

बीमा सेवा व्यवस्थित छैनः मन्त्री पौडेल


काठमाडौ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बीमा सेवालाई व्यवस्थित गर्ने काम भइरहेको बताएका छन् ।

बुधबार भक्तपुर क्यान्सर अस्पतालमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले अहिले प्राप्त बीमा सेवा व्यवस्थित नरहेकाले मन्त्रालयले त्यसबारेमा आवश्यक पहल लिइरहेको बताएका छन् । उनले बीमा रकमको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्याइने बताएका छन्। स्वास्थ्य मन्त्रालयले बीमाको सीमालाई बढाएर पाँच लाख रुपैयाँ पुर्याउने घोषणा गरेको बताउदै सो घोषणालाई सरकारको नीति बनाउने बताए ।

उनले स्रोत जुटाउनका लागि सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधालाई एकीकृत ढंगबाट बीमामा समायोजन गर्नु जरुरी रहेको बताएका छन् । उनले संघ, प्रदेश र स्थानीय सरकारले जनतालाई स्वास्थ्य सुविधा उपलब्ध गराउन गरेको खर्च बीमा बोर्डमार्फत एकीकृत प्रणालीबाट गर्नुपर्ने बताए ।

उनले आवश्यकताभन्दा बढी चिनीको मात्रा भएका उत्पादित वस्तुहरुमा चिनी कर लगाएर आउने सम्पूर्ण रकम बीमामा लगाउनुपर्ने बताए । उनले विशिष्टिकृत सेवा सरलीकृत ढंगबाट सस्तोमा प्राप्त गर्ने उपाय भनेको बीमा मात्रै भएको भन्दै बीमालाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् ।


प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?