Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

यु–२० च्याम्पियनसिपः जियारथको उत्कृष्ट प्रदर्शनसँगै नेपाल फाइनलमा


काठमाडौं । नेपालले पेनाल्टी सुटआउटमा भुटानमाथि ४–१ को जित निकाल्दै आइतबार साफ यु–२० च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको छ ।
गोलकिपर जियारथ शेख नायक बनेपछि नेपालले सेमिफाइनलमा भुटानमाथि पेनाल्टी सुटआउटमार्पत जित रच्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलको निर्धारित समय १–१ को बराबरीमा सकिएपछि निर्णयका लागि सीधै पेनाल्टी सुटआउटतर्फ धकेलियो । उक्त पेनाल्टी सुटआउटमा नेपालका गोलकिपर जियारथ नायक बने । यस क्रममा उनले दुई प्रहार रोक्दै आफैंले पनि गोल गरे । पेनाल्टी सुटआउटमा नेपालका राम थापा, अविनाश स्याङतान, सीमान्त थापा र जियारथले गोल गरे । भुटानको तर्पmबाट पहिलो प्रहारमा जित्सुइन दोर्जीले गोल गरे ।

त्यसपछि जियारथ नायक बने र जिग्मे नामगेलको प्रहार रोक्दै भुटानमाथि दबाब बनाए । उगेन दोर्जीको प्रहार पनि जियारथले रोके र नेपाल फाइनलनजिक पुग्यो । यसपछि जियारथ नै पेनाल्टी प्रहार गर्न आए । यसमा सफलताले नेपाल एक प्रहारअगाडि नै फाइनल पुग्थ्यो, जहाँ जियारथ सफल पनि भए ।

त्यसअघि निर्धारित समयको खेलमा पछि परे पनि नेपालले पुनरागमन गरेको हो । खेलको पहिलो हाफमा बराबरीमै सकियो । दोस्रो हाफमा भुटानले गोल गर्दै घरेलु टोली ठूलो झड्का दियो । तर, नेपाल पुनरागमनसँगै जित पनि निकाल्न सफल भयो ।

खेलमा शुरुवाती चुनौती भुटानबाट भयो । डिफेन्डर अश्विन घोरासैनीले चौथो मिनेटमा क्लियर गर्ने क्रममा बल फुस्काएपछि घरेलु टोलीले चुनौती सामना गर्नुप¥यो । तर खेलका सहायक रेफ्रीले अफसाइड झण्डा उठाए र घरेलु टोलीलाई राहत मिल्यो । नेपालले पहिलो अवसर छैटौं मिनेटमा बनायो । अविनाश स्याङ्तानले लामो दूरीबाट गरेको सशक्त प्रहार दोस्रो बार हुँदै बाहिरियो । दशौं मिनेटमा नेपालले अर्को आक्रमण बुने पनि सफल भएन । अनिल भोमजनले २७ औं मिनेटमा लामो दूरीबाट गरेको महत्वाकांक्षी प्रहार भुटानका गोलकिपर लोचो निमाले सहजै रोके ।

समीर तामाङले ३५ औं मिनेटमा गोल गर्ने सुन्दर अवसर खेर फाले । तीन डिफेन्डरलाई बिट गर्दै पेनाल्टीबक्सबाट उनले फितलो प्रहार गरे । ३८ औं मिनेटमा नेपाली डिफेन्डर सजक नहुँदा घरेलु टोली गोल व्यहोर्नबाट बच्यो । त्यसको केही समयमा नै नेपालको आक्रमणले सफलता पाएन । करिब २५ यार्ड टाढाबाट अविनाशले गरेको प्रहार माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो र फेरि एकपल्ट नेपालले अग्रता लिन असफल भयो । पहिलो हाफको थप समयमा भुटानको प्रहार नेपाली गोलकिपर जियारथ रोक्दै घरेलु टोलीको संकट टारे ।

दोस्रो हाफमा नेपालले केही सुधारिएको प्रदर्शन ग¥यो । तर उल्टै गोल खान पुग्यो । भुटानले ५४औं उत्कृष्ट अवसर बुन्दै नेपाललाई चुनौती दियो । किन्जाङ तेन्जिनको आक्रामण जियारथले मुस्किकले बचाए । तर, ५६औं मिनेटमा नै भुटान सफल भयो । घरेलु टोलीको खराब डिफेन्सको फाइदा लिँदै जित्सुइन दोर्जी करिब २२ यार्ड टाढाबाट गोल गरे । त्यो गोलसँगै नेपाल दबाबमा पर्यो। तर, नेपालले आक्रमणमा सुधार गर्दै लगातार अवसर बुन्यो । नेपालले ७०औं मिनेटमा फ्रिकिकबाट खेलमा फर्कने अवसर पायो ।

करिब २० यार्ड टाढाबाट अविनाशले गरेको सशक्त प्रहार भुटानका गोलकिपर निमाले पन्च गर्दै बचाए । चार मिनेटपछि भने उनको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । ७७औं मिनेटमा भुटान १० खेलाडीमा सीमित भयो । भुटानका किन्जाङ तेन्जिनले नेपालका सविन घिमिरेलाई लडाएपछि उनी दोहोरो पहेंलो कार्ड सामना गर्दै बाहिरिए । त्यसको फाइदा लिँदै एक मिनेटपछि नै नेपाल खेलमा फर्कियो । राम थापाले दिएको पासमा नीराजनले हेडरमार्पmत गोल गर्दै नेपालको आशा जगाए । नीराजनले ८० औं मिनेटमा पनि अवसर बनाए ।

तर उनको लामो प्रहार माथिल्लो बारभन्दा केही माथिबाट बाहिरियो । ९० औं मिनेटमा नेपालको अग्रता लिने लक्ष्य पूरा भएन । समीर तामाङले खेलमा अग्रता लिने अवसर गुमाए । नजिकै दूरीबाट उनको हेडर गोलमा परिणत हुन सकेन । त्यससँगै निर्धारित समयको खेल १–१ को बराबरीमै सकियो र खेलको निर्णयको लागि पेनाल्टी सुटआउटतर्फ धकेलियो । जहाँ सफलता प्राप्त गर्दै नेपाल फाइनलमा पुग्यो । अब नेपालले दोस्रो सेमिफाइनलमा भारत र बंगलादेशबीचको विजेतासँग फाइनलमा खेल्नेछ ।


प्रकाशित मिति: ९ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?