Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना, ५ जनाको अवस्था गम्भीर


काठमाडौं । बारा जिल्लाबाट नेपाली तीर्थयात्री चढेको बस भारतमा दुर्घटना भएको छ ।

बाराबाट भारतको झारखण्ड राज्यमा अवस्थित बाबाधाम देवघरको लागि हिँडेको नेपाली तीर्थयात्रीहरु चढेको बस आईतवार बिहान बिहारको समस्तीपुरको एनएच (नेशनल हाइवे) २८ मा दुर्घटना हुँदा ३६ जना बढी घाइते भएको भारतीय प्रहरिले जनाएको छ ।

तिब्र गतिमा आएको ट्रकले ठक्कर दिएपछि बस सडकमै पल्टिएको बसमा ४३ जना सवार रहेकामा अधिकांश घाइते भएको प्रहरिले जनाएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनालगत्तै मुसरीघरारी थानाबाट पुगेको प्रहरीले घाइतेहरूलाई अस्पताल पुर्याएका थिए । भारतीय प्रहरिका अनुसार घाइतेहरूमध्ये २० जनालाई सदर अस्पतालमा भर्ना गरिएको छ । उनीहरू सबैको परिचय खुलिसकेको छ ।

अस्पतालमा उपचाररत घाइतेहरूमा बाराकै मुक्तिपलियाका गीता देवी, सीमाकुमारी विश्वानाथ मुखिया, शोभा कुमारी , राजेश्वरप्रसाद साह, मुस्कान साह, फेकन मुखिया, सियापति देवी, लक्ष्मी झा, रविन्द्र कुमार रामेश्वर साह, सुवोधप्रसाद झा, लक्ष्मण मुखिया, सुमन मिश्रा, काजलकुमारी, किशोरी साह, उषा देवीलगायत छन् । तीर्थयात्रीहरू सबै बारा जिल्लाका रहेका छ्न् ।

सडकमा पल्टिएको बसलाई क्रेन लगाएर सिधा बनाइएको थियो । बस र ट्रक दुवैका चालकहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको त्यहाँको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: ९ भाद्र २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?