Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

काभा भलिबलमा पदक विजेता नेपाली खेलाडी सम्मानित


काठमाडौँ । नेपाल भलिबल संघले सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) का तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली टोलीलाई सम्मान गरेको छ ।

बबरमहलमा शनिवार एक कार्यक्रम आयोजना गर्दै संघले काभा यु–२० नेपाली महिला भलिबल टोली, नेपालको बिच भलिबल (महिला र पुरुष) टोली र नेपाली सिनियर राष्ट्रिय महिला टोलीलाई नगदसहित सम्मान गरेको हो ।

संघले काभा महिला भलिबल नेसन्स लिगमा रजत पदक विजेता हरेक नेपाली खेलाडीलाई जनही एक लाख दुई हजार नगद पुरस्कारबाट सम्मान गरेको छ । गत महिना घरेलु मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–२ को सेटमा पराजित भएका थियो ।

सोही टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टलाई पनि समान नगद पुरस्कारबाट सम्मानित भए । सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार, फिजियो लोकेन्द्र कुँवर र टिम व्यवस्थापक निलम बज्राचार्य नगद ८२ हजार रुपैयाँबाट सम्मानित भए । नेपालले भुटानमा गत महिना सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा समान एक स्वर्ण र रजत पदक जितेको थियो । नेपालको महिला टोली (मनीषा चौधरी र कमला पुन) ले स्वर्ण र पुरुष टोली (मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार) ले रजत पदक जितेका हुन् ।

संघले स्वर्ण विजेता महिला टोलीका सदस्यद्वय कमला र मनीषालाई समान ६० हजारसहित सम्मान गरेको छ। पुरुष टोलीले भने जनही ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । सोही टोलीका प्रशिक्षक रूपेश बिष्टलाई पनि ४० हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मान गरिएको छ । माल्दिभ्समा सम्पन्न काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टोलीका खेलाडी र प्रशिक्षक कुमार राईलाई नगद १५ हजार रुपैयाँ पुरस्कारबाट संघले सम्मान गरेको छ ।

शनिवार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, साहाना प्रधान स्मृति फाउण्डेसनकी अध्यक्ष रामकुमारी झाँक्री र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले खेलाडीले सम्मान गरेका थिए ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?