Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

काभा भलिबलमा पदक विजेता नेपाली खेलाडी सम्मानित


काठमाडौँ । नेपाल भलिबल संघले सेन्ट्रल एशियन भलिबल एशोसिएशन (काभा) का तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता नेपाली टोलीलाई सम्मान गरेको छ ।

बबरमहलमा शनिवार एक कार्यक्रम आयोजना गर्दै संघले काभा यु–२० नेपाली महिला भलिबल टोली, नेपालको बिच भलिबल (महिला र पुरुष) टोली र नेपाली सिनियर राष्ट्रिय महिला टोलीलाई नगदसहित सम्मान गरेको हो ।

संघले काभा महिला भलिबल नेसन्स लिगमा रजत पदक विजेता हरेक नेपाली खेलाडीलाई जनही एक लाख दुई हजार नगद पुरस्कारबाट सम्मान गरेको छ । गत महिना घरेलु मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपाली टोली भारतसँग ३–२ को सेटमा पराजित भएका थियो ।

सोही टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टलाई पनि समान नगद पुरस्कारबाट सम्मानित भए । सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार, फिजियो लोकेन्द्र कुँवर र टिम व्यवस्थापक निलम बज्राचार्य नगद ८२ हजार रुपैयाँबाट सम्मानित भए । नेपालले भुटानमा गत महिना सम्पन्न काभा बिच भलिबल च्याम्पियनसिपमा समान एक स्वर्ण र रजत पदक जितेको थियो । नेपालको महिला टोली (मनीषा चौधरी र कमला पुन) ले स्वर्ण र पुरुष टोली (मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनार) ले रजत पदक जितेका हुन् ।

संघले स्वर्ण विजेता महिला टोलीका सदस्यद्वय कमला र मनीषालाई समान ६० हजारसहित सम्मान गरेको छ। पुरुष टोलीले भने जनही ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । सोही टोलीका प्रशिक्षक रूपेश बिष्टलाई पनि ४० हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मान गरिएको छ । माल्दिभ्समा सम्पन्न काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टोलीका खेलाडी र प्रशिक्षक कुमार राईलाई नगद १५ हजार रुपैयाँ पुरस्कारबाट संघले सम्मान गरेको छ ।

शनिवार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, साहाना प्रधान स्मृति फाउण्डेसनकी अध्यक्ष रामकुमारी झाँक्री र नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दलगायतले खेलाडीले सम्मान गरेका थिए ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?