Trending
>>   ‘राज्यपक्षबाटै हुन्छ मानव अधिकार उल्लङ्घन’ >>   राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्रः पुरानो राजनीति तोड्ने साहस कि नयाँ सपनाको सूची? >>   लोकतन्त्र जनताले जोगाउँछन्, कुनै नेताले ठेक्का लिनुपर्दैनः रवि लामिछाने >>   सञ्चारजगत संघीयता र लोकतन्त्रको पक्षपोषणमा खरो उत्रिनुपर्छः उपराष्ट्रपति >>   डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीमा होइनः रवि लामिछाने >>   ‘अब कर्णालीका सुइना हाम्रा सुइना’– बालेन्द्र साह >>   एमाले घोषणापत्र ‘देश बनाउने’ संकल्प होः डा. युवराज खतिवडा >>   एमालेको घोषणापत्रले ८–९ प्रतिशतको आर्थिक वृद्धिदर सम्भव तुल्याउँछ: प्रा.डा. शिवराज अधिकारी >>   नेकपा एमाले घोषणापत्रः प्रतिव्यक्ति आय ३ हजार डलर,दैलेख ग्यास र धौवाडी फलाम खानी सञ्चालन >>   जस्तोसुकै कठिनाइ आए पनि लोकतन्त्रका आधारभुत मूल्य र मान्यतामा सम्झौता गरिँदैनः ओली
Logo
७ फाल्गुन २०८२, बिहीबार
७ फाल्गुन २०८२, बिहीबार

तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खडसेले भेटे


काठमाडौँ ।तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रवार भएको बस दुर्घटनाका घाइतेसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले भेट गरेका छन् ।

शुक्रवार भारतीय पर्यटक सवार बस मस्र्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाईतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनामा परी घाइते नागरिकहरुलाई भेट्न नेपाल आएकि राज्यमन्त्री खडसेसँग गृहमन्त्री लेखकले अस्पतालमा नै बिरामीहरुको अवस्था बुझ्नेक्रममा भेट गरेकी हुन् । भेटमा उनले दुर्घटना लगत्तै नेपाली सेना र नेपाल प्रहरीले चाँडो भन्दा चाँडो उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताइन। भने राज्यमन्त्री खडसेले छिटो उद्धार गरेर केही नागरिकको ज्यान बचाउने काम गरेको भन्दै नेपाल सरकार र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई धन्यावाद दिएकि छिन् ।

बिरामीहरुको उपचार राम्रोसँग भईरहेको र केही घाइते बाहेक अन्यको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको गृहमन्त्री लेखकले बताए । उनले त्यही क्रममा राज्यमन्त्री खडसेसँग पनि भेट भएको र मृतकहरुको शव भारत पठाउने विषयमा पनि छलफल गरिएको जानकारी दिएका छन् ।

उनले भने, ‘पहिलो कुरा त यो सडक दुर्घटनाहरु भइरहेका छन् । बडो दुःखद् घटनाहरु पनि भइरहेका छन् । मित्रराष्ट्र भारतबाट पर्यटकको रुपमा आउनु भएको मानिसहरुको बस दुर्घटना भएर केही मानिसहरुको मृत्यु भयो । हामीले नेपाली सेना, नेपाल प्रहरीले अत्यन्त मेहनतका साथ धेरै चाँडो काम गरेर केही मानिसहरुलाई बचाउन सकियो । केही मानिसहरुको मृत्यु पनि भएको छ । अब घाइतेहरुको यहाँ उपचार भइरहेको छ । अहिले राम्रैसँग उपचार भइरहेको छ । र भारतबाट पनि एकजना राज्यमन्त्री आउनुभएको छ । उहाँकै निर्वाचन क्षेत्रका मानिसहरु हुनुहुँदो रहेछ महाराष्ट्रको । उहाँ पनि आउनुभएको छ । आफ्नो भेटघाट गरिरहनुभएको छ । हेरिरहनु भएको छ । मैले पनि हेरेर बिरामीहरुलाई भेटेर आएँ । उनीहरुसँग राम्रोसँग उपचार भइराखेको छ । बिरामी मध्ये १÷२ जनाको स्थिति गम्भिर छ । अरुको राम्रो छ । सुधार भएको छ ।’

भाद्र ७ गते (हिजो) बिहान करिव साढे ११ बजे सडकमा अनियन्त्रित भई मस्र्याङदी नदी किनारामा भारतीय पर्यटक बोकेको बस खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?