Trending
>>   एनभिए भलिबलः महिलातर्फ पुलिस र न्यु डायमण्डले उपाधिका लागि प्रतिष्पर्धा गर्ने >>   महाधिवेशन प्रतिनिधिलाई महामन्त्री थापाले भने– पुसभित्र विषेश महाधिवेशन हुन्छ, काठमाडौंमा भेटौँला >>   महामन्त्रीद्वयको असन्तुष्टिबीच काँग्रेस केन्द्रिय कार्यसमितिको म्याद अगामी जेठ मसान्तसम्म थप >>   भोलिको सुरक्षित नेपाल आजका युवाबाट नै निर्माण हुन्छः गृहमन्त्री अर्याल >>   समानुपातिकतर्फ ५८ चुनाव चिन्हसहित मतपत्र छापिने >>   मुस्लिम आयोगका पूर्वअध्यक्ष अन्सारीको अध्यक्षतामा ‘राष्ट्र निर्माण दल’ घोषणा >>   जलविद्युत प्रभावित क्षेत्रलाई उचित क्षतिपूर्तिको व्यवस्थासहित कानून निर्माण हुन्छः कानूनमन्त्री सिन्हा >>   आयोगले निर्वाचनमा सूचना प्रविधिको प्रयोगमा प्रोत्साहन गर्ने नीति लिएको छः प्रवक्ता भट्टराई >>   स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ >>   इक्यान सचिव पदका लागि सुरज सिलवालको उम्मेदवारी घोषणा
Logo
१८ पुष २०८२, शुक्रबार
१८ पुष २०८२, शुक्रबार

तनहुँ बस दुर्घटनाका घाइतेलाई गृहमन्त्री लेखक र भारतीय राज्यमन्त्री खडसेले भेटे


काठमाडौँ ।तनहुँको आँबुखैरेनी ४ ऐनापहरामा शुक्रवार भएको बस दुर्घटनाका घाइतेसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खडसेले भेट गरेका छन् ।

शुक्रवार भारतीय पर्यटक सवार बस मस्र्याङ्दी नदी किनारमा खस्दा २७ जनाको मत्यु भएको थियो भने १६ जना घाईतेहरुको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनामा परी घाइते नागरिकहरुलाई भेट्न नेपाल आएकि राज्यमन्त्री खडसेसँग गृहमन्त्री लेखकले अस्पतालमा नै बिरामीहरुको अवस्था बुझ्नेक्रममा भेट गरेकी हुन् । भेटमा उनले दुर्घटना लगत्तै नेपाली सेना र नेपाल प्रहरीले चाँडो भन्दा चाँडो उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताइन। भने राज्यमन्त्री खडसेले छिटो उद्धार गरेर केही नागरिकको ज्यान बचाउने काम गरेको भन्दै नेपाल सरकार र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई धन्यावाद दिएकि छिन् ।

बिरामीहरुको उपचार राम्रोसँग भईरहेको र केही घाइते बाहेक अन्यको स्वास्थ्य अवस्थामा राम्रो सुधार आएको गृहमन्त्री लेखकले बताए । उनले त्यही क्रममा राज्यमन्त्री खडसेसँग पनि भेट भएको र मृतकहरुको शव भारत पठाउने विषयमा पनि छलफल गरिएको जानकारी दिएका छन् ।

उनले भने, ‘पहिलो कुरा त यो सडक दुर्घटनाहरु भइरहेका छन् । बडो दुःखद् घटनाहरु पनि भइरहेका छन् । मित्रराष्ट्र भारतबाट पर्यटकको रुपमा आउनु भएको मानिसहरुको बस दुर्घटना भएर केही मानिसहरुको मृत्यु भयो । हामीले नेपाली सेना, नेपाल प्रहरीले अत्यन्त मेहनतका साथ धेरै चाँडो काम गरेर केही मानिसहरुलाई बचाउन सकियो । केही मानिसहरुको मृत्यु पनि भएको छ । अब घाइतेहरुको यहाँ उपचार भइरहेको छ । अहिले राम्रैसँग उपचार भइरहेको छ । र भारतबाट पनि एकजना राज्यमन्त्री आउनुभएको छ । उहाँकै निर्वाचन क्षेत्रका मानिसहरु हुनुहुँदो रहेछ महाराष्ट्रको । उहाँ पनि आउनुभएको छ । आफ्नो भेटघाट गरिरहनुभएको छ । हेरिरहनु भएको छ । मैले पनि हेरेर बिरामीहरुलाई भेटेर आएँ । उनीहरुसँग राम्रोसँग उपचार भइराखेको छ । बिरामी मध्ये १÷२ जनाको स्थिति गम्भिर छ । अरुको राम्रो छ । सुधार भएको छ ।’

भाद्र ७ गते (हिजो) बिहान करिव साढे ११ बजे सडकमा अनियन्त्रित भई मस्र्याङदी नदी किनारामा भारतीय पर्यटक बोकेको बस खस्दा २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।


प्रकाशित मिति: ८ भाद्र २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?