Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

विद्यालय तहको शिक्षालाई तीनै तहको सरकारको साझा सूचिमा राख्न शिक्षक सङ्गठनको माग


काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले विद्यालय तहको शिक्षालाई तीनै तहको सरकारको साझा सूचिमा राख्न सरकारसँग माग गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले विद्यालय तहको शिक्षालाई संघ, प्रदेश र स्थानीय तहको सरकारको साझा सूचीमा राख्न सरकारसँग माग गरेको हो । त्यस्तै सार्वजनिक शिक्षा क्षेत्रमा स्थानीय तहले मनलाग्दी रुपमा शिक्षा कार्यविधि बनाउने, सरुवा, घटुवा र तलव रोक्ने सम्म काम गरिरहेको भन्दै त्यस्तो काम तत्काल रोक्न पनि माग गरेको छ । शिक्षक तथा विद्यालय कर्मचारीमाथि कार्यस्थलमा हुने आक्रमण तथा दुव्र्यवहार रोक्न पनि सरकारलाई आग्रह गरेको छ । सङ्गठनले शिक्षा क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र मेधावी जनशक्ति भित्र्याउनका लागि विशेष शैक्षिक नीति ल्याउन सरकारसँग माग गरेको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको २३ औँ राष्ट्रिय परिषद् बैठकको निर्णय सुनाउँदै महासचिव हंसबहादुर शाहीले तीनै तहको सरकारले सार्वजनिक शिक्षामा बजेटको २० प्रतिशत रकम विनियोजन गर्न माग गरिएको जानकारी दिएका छन् । त्यसैगरी विद्यालयमा काम गर्ने सबै प्रकारका शिक्षक र कर्मचारीहरुलाई स्थायी शिक्षक सरहको तलव र योगदानमा आधारित सामाजिक सुरक्षाको प्रवन्ध गर्न आग्रह गरिएको छ । हाल कक्षा ५ सम्मका विद्यार्थीहरुलाई दिवा खाजाका लागि १५ रुपैयाँका दरले प्रदान गरिँदै आएको रकम बढाएर ५० रुपैयाँ पुर्याउन पनि सङ्गठनले सरकार समक्ष माग गरेको छ । त्यस्तै शिक्षक सेवा आयोगलाई संवैधानिक आयोग बनाउन पनि माग गरिएको छ ।

सङ्गठनले शिक्षा क्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न र मेधावी जनशक्ति भित्र्याउन विशेष शैक्षिक नीति ल्याउन सरकारसँग माग गरेको छ । त्यसैरी नीजि तथा सामुदायिक विद्यालयका नीजि स्रोतमा कार्यरत शिक्षक कर्मचारीहरुको नियुक्ति, सेवासुविधा, पेशागत विकास र सुरक्षाको भरपर्दो व्यवस्थापन गर्न माग गरिएको महासचिव शाहीले जानकारी दिएका छन् ।

सङ्गठनले आफ्नो १४ औँ राष्ट्रिय महाधिवेशन २०८२ साल वैशाख ५, ६ र ७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ ।


प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?