Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अमेरिकासँगको संयुक्त सैन्य अभ्यासको बिरोधमा कोरियाली नागरिक समूह


एजेन्सी। दक्षिण कोरियाली शान्ति समूहहरूले संयुक्त राज्य अमेरिकासँग देशको संयुक्त सैन्य अभ्यासको बिरूद्ध बिरोध र्याली निकालेका छन् । जसले कोरियाली प्रायद्वीप र वरपर टकराव र युद्धको संकट बढाएको छ ।

कोरियाको शान्ति र पुनर्मिलनका लागि नागरिक समूह सोलिडारिटी (स्पार्क) का प्रदर्शनकारीहरू प्रायद्वीपमा शान्तिको लागि आह्वान गर्न सियोलमा राष्ट्रपति कार्यालय नजिक भेला भएका थिए ।

आणविक टकरावलाई तीव्र बनाउने र युद्ध संकटलाई प्रोत्साहन गर्ने अभ्यास बन्द गर, (दक्षिण) कोरिया–अमेरिका–जापान गठबन्धन निर्माण गर्न बन्द गर भन्ने नारासहितका ब्यानर र प्लेकार्डहरू देखाएर बिरोध जनाएका थिए ।


प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?