Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

गाजा युद्धविराम प्रयासहरूबीच सिसी—ब्लिन्केन भेट


सिन्ह्वा। इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले मङ्गलवार इजिप्टको तटीय शहर न्यू अलामिनमा भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग भेट गरेका छन् ।

उनीहरूले गाजा युद्धविराम सम्झौतामा पुग्न संयुक्त प्रयासहरूबारे छलफल गरेका छन् । सिसी र ब्लिन्केनले गाजामा युद्धविराम गर्न र बन्दीहरू आदानप्रदान गर्न संयुक्त इजिप्ट–अमेरिकी–कतारी मध्यस्थता प्रयासहरूबारे छलफल गरेका छन् ।

उनीहरुबीच गत हप्ता दोहामा भएको पछिल्लो वार्ताको नतिजा र कायरोमा जारी वार्तामा प्रगति हासिल गर्ने उपायबारे पनि विचार आदानप्रदान भएको बताइएको छ ।

चलिरहेको युद्धको अन्त्य गर्ने, तर्क र बुद्धिको आवाजको सहारा लिने र शान्ति र कुटनीतिको भाषालाई समर्थन गर्ने समय आएको बताएका छन् ।
राष्ट्रपतिले सम्भावित विनाशकारी नतिजाहरूसहित क्षेत्रीय रूपमा विस्तार हुने द्वन्द्वको गम्भीर खतरा विरुद्ध चेतावनी पनि दिएका छन् ।


प्रकाशित मिति: ५ भाद्र २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?