Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

देशभर ९८ प्रतिशत रोपाइँ, धानको उत्पादन बढ्ने प्रक्षेपण


काठमाडौं । कृषि मन्त्रालयका अनुसार देशभरि लगभग यो वर्षको धान रोपाइँ सकिएको छ ।

यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।

साउन महिना सम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रफलको ९८.४ प्रतिशतमा धान रोपिएको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १३ लाख ९ हजार ९५ हेक्टर रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७७ हजार २ सय १६ हेक्टरमा सकिएको हो ।

मन्त्रालयकाअनुसार कोसी प्रदेश बाहेक सबै प्रदेशमा रोपाइँ सकिएको हो । गत वर्षभन्दा यो वर्ष ६ प्रतिशतले रोपाइँ बढेको छ । १ भदौसम्म गत वर्ष ९२.४ प्रतिशत रोपाइँ भएको थियो ।


प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?