Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

देशभर ९८ प्रतिशत रोपाइँ, धानको उत्पादन बढ्ने प्रक्षेपण


काठमाडौं । कृषि मन्त्रालयका अनुसार देशभरि लगभग यो वर्षको धान रोपाइँ सकिएको छ ।

यस वर्ष देशभर करिब ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। देशभर करिब १४ लाख हेक्टर जमिन धानखेतीका लागि उपयुक्त रहेकामा करिब १३ लाख ७२ हजार हेक्टर जमिनमा धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ।

साउन महिना सम्म देशभरि कुल रोपाइँ हुने क्षेत्रफलको ९८.४ प्रतिशतमा धान रोपिएको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १३ लाख ९ हजार ९५ हेक्टर रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७७ हजार २ सय १६ हेक्टरमा सकिएको हो ।

मन्त्रालयकाअनुसार कोसी प्रदेश बाहेक सबै प्रदेशमा रोपाइँ सकिएको हो । गत वर्षभन्दा यो वर्ष ६ प्रतिशतले रोपाइँ बढेको छ । १ भदौसम्म गत वर्ष ९२.४ प्रतिशत रोपाइँ भएको थियो ।


प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?