काठमाडौं । सरकारले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा सूचीकृत गर्ने तयारी गरेको छ ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा वन्यजन्तुले पारेको मानवद्वन्द्ध र कृषिबालीमा पुगेको क्षतिको विषयमा भएको छलफलमा वनमन्त्री ऐनबहादुर शाहीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुको रूपमा सूचीकृत गर्ने तयारी रहेको बताए ।
सरकारले यस अगाडि मंसिर २०८० मा बँदेललाई पनि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको थियो ।
प्रकाशित मिति: ३ भाद्र २०८१, सोमबार