काठमाडौँ । पशुपति कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई गए राति पशुपति कोटिहोम स्थलमा पक्राउ गर्न खोज्दा तनावग्रस्त बनेको छ । शुक्रबार राति कोटिहोम स्थलमा प्रहरी पुगेपछि समर्थकले नाराबाजी र कोलाहाल गरेका थिए ।
प्रहरीले पक्राउ गर्न खोजेपछि आयोजक विजय भण्डारीले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकलाई आन्दोलनमा उत्रन आह्वान गरेका छन्। उनले फेसबुक लाइभमार्फत प्रहरीले बिना पक्राउ पुर्जी आफूलाई गिरफ्तार गर्न खोजेको आरोपसमेत लगाएका छन्। लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
समर्थकले निरन्तर नाराबाजी गरेपछि प्रहरी फर्किन बाध्य भएको थियो ।
प्रकाशित मिति: १ भाद्र २०८१, शनिबार