Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

पाकिस्तानमा देखियो मङ्कीपक्स


जेनेभा (स्विट्जरल्यान्ड) । पछिल्लो समय विश्यव्यापी रूपमा मङ्कीपक्सको सङ्क्रमणका घटना पुष्टि भइरहेका छन् ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले प्रभावित देशहरूलाई मङ्कीपक्स प्रकोपको सामना गर्न मिलेर काम गर्न आग्रह गर्दै प्रकोपलाई शीघ्र सम्बोधन गर्न आह्वान गरेका छन्।

उहाँले सामाजिक सञ्जाल एक्समार्फत मङ्कीपक्स भाइरसको सङ्क्रमणसँग लड्नका लागि विश्वव्यापी निगरानी, डाटा साझेदारी र सहकार्य बढाउनुपर्ने कुरामा जोड दिएa ।

अल जजिराले पछिल्लो समय स्विडेनमा पुष्टि भएको मङ्कीपक्सको पहिलो केसबाट यो नजिकको सम्पर्कबाट फैलिने अधिक खतरनाक संस्करण भएको बताएको छ । योसँगै स्विडेन सरकारले बिहीबार अफ्रिका बाहिर यो भेरिएन्टको पहिलो केस पहिचान भएको जनाएको छ ।

स्वास्थ्य तथा सामाजिक मामिलामन्त्री ज्याकब फोर्समेडले बिहीबार पत्रकार सम्मेलनमा भन्नुभयो, “स्विडेनमा हामीसँग अधिक गम्भीर प्रकारको क्लेड १ नामको एमपक्स (मङ्कीपक्स) पुष्टि भएको छ ।”

डब्लुएचओले प्रजातान्त्रिक गणतन्त्र कङ्गोबाट सुरु भएर अन्य देशमा फैलिएपछि एमपक्सलाई दुई वर्षमा दोस्रोपटक विश्वव्यापी सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।

हाल साउदी अरेबियाबाट फर्केका एक व्यक्तिमा भाइरसको पुष्टि भएपछि पाकिस्तानमा पनि पहिलो मङ्कीपक्सको घटना पुष्टि गरेको एआरवाई न्यूजले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ ।

एआरवाई न्यूजका अनुसार पेशावरको खैबर मेडिकल विश्वविद्यालयले सङक्रमणको पुष्टि गरेको हो ।


प्रकाशित मिति: ३२ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?