Trending
>>   नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड >>   निर्वाचनपछि ‘त्रिशंकु संसद’ को सम्भावना–चार शक्तिबीच मुख्य प्रतिष्पर्धाः संयोजक दाहाल >>   संविधानलाई ट्र्याकमा राख्न चुनाव अनिवार्य शर्त हो, मतदान सम्पन्न गर्न सरकारलाई पूर्ण सहयोग गर्छौंः सभापति… >>   सबै निर्वाचन क्षेत्रमा मतपत्र पुग्योः आयोग >>   कुटनीतिक नियोगका प्रतिनिधिहरूलाई निर्वाचन अवलोकन गर्न दिइने >>   प्रतिनिधि सभा निर्वाचनको तयारी पूराः २ लाख १५ हजार कर्मचारी परिचालन >>   निर्वाचन आयोगद्वारा १६५ वटै निर्वाचन क्षेत्रमा तयारी पूरा, भ्रामक सूचना र दुष्प्रचारविरुद्ध कडाइ >>   दुई अतिवादका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिन अपील गर्दै दाहालले भने– ‘हामी आफ्नै एजेण्डामा चुनाव… >>   आयोगको प्रतिवेदन चुनाव पछि धकेल्नु गलतः पुष्पकमल दाहाल >>   ‘०८२ देखि ८७ सम्मको ५ वर्षलाई स्वर्णिम काल बनाउँछौँ, काँग्रेसले अब देशलाई दुर्घटनामा पर्न दिँदैन’:…
Logo
१५ फाल्गुन २०८२, शुक्रबार
१५ फाल्गुन २०८२, शुक्रबार

आज मिति २०८१ साल साउन २९ गते मंगलबार,हेर्नुहोस आजको राशिफल


आज मिति २०८१ साल साउन २९ गते मंगलबार ( 13 August, 2024) श्रावण शुक्लपक्ष नवमी

मेष – बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला, बोलीको गलत अर्थ लाग्ने तथा तपाईंको निर्णय आफैलाई आत्मघाती हुनसक्छ । आफन्त, साथीभाइ तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । मायाप्रेममा सानो कुराले मनमुटाव सिर्जना हुन सक्छ ।

वृष – राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइमा मन जानाले भनेजस्तो नतिजा ल्याउन सकिनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घर परिवारका सदस्यहरुबीच घनिष्टता बढेर जानेछ ।

मिथुन – लामो समयदेखि थाँती रहेको आर्थिक मुद्दा हल भएर जानेछन् । लामो दूरीको विदेश यात्राको सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्य रुपैया पैसा कमाउन सक्नेछन् । स्वदेश तथा विदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ ।

कर्कट – सरकारी तथा पैत्रिक धन सम्पत्ति हातलागी हुने सम्भावना रहेको छ भने व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरुभन्दा अगाडि बढ्न सकिनेछ । इच्छा आकाङ्क्षा तथा मनोकामना पूरा हुने समय रहेको छ ।

सिंह – नयाँ काम गरी समाजको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । रोजगारीका अवसर सिर्जना गरी मनग्य धनसम्पत्ति कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट लाभ पाउनेछन् । पढाइलेखाइमा उत्कृष्ट नतिजाका साथ सिँढीहरु चढ्न सकिनेछ ।

कन्या – लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला, बाटोमा दुःख हुनसक्छ । सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शून्य जस्तै हुनेछ । राजनीति तथा समाज सेवामा गरिएको लगानी बालुवामा पानी जस्तै हुनेछ ।

तुला – व्यापार व्यावसाय तथा सेयरबजार जस्ता क्षेत्रमा लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ । पुराना तथा बाँकी रहेका काम सुचारु हुनेछन् भने नयाँ काम गरी मनग्य धन सङ्ग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरी पुरस्कार तथा प्रशंसापत्र जित्न सकिन्छ ।

बृश्चिक – व्यापार व्यावसाय फस्टाएर जाने हुनाले मनग्य धन तथा धातु सङ्ग्रह गर्न सकिनेछ । पढाइलेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागि राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना छ । मायाप्रेममा एकअर्काको भावना बुझ्न सकिने हुँदा एउटै बाटो हिँड्न सकिनेछ ।

धनु – व्यापार व्यावसाय फस्टाएर जाने हुनाले अन्य व्यावसायमा पनि लगानी गर्ने अवसर आउनेछ । विद्यार्थीहरुले पढाइलेखाइमा राम्रो नतिजा ल्याई पुरस्कार जित्न सक्नेछन् । प्रेममा सामीप्यता बढेर जानेछ भने दाम्पत्य जीवन सुखी रहनेछ ।

मकर – व्यापार व्यावसायमा भनेजस्तो आम्दानी नहुने हुँदा दैनिक कामहरु प्रभावित हुनेछन् । मायाप्रेममा एकअर्कालाई अविश्वास गर्नाले छुट्टिनुपर्ने अधिक सम्भावना छ । मानव निर्मित तथा भौतिक वस्तुको प्रयोग गर्दा सावधान अपनाउनु होला, अप्रिय घट्ना हुन सक्छ ।

कुम्भ – राजनीति तथा समाज सेवामा जनताको समर्थन पाइने हुनाले राज्यबाट पद प्रतिष्ठा प्राप्त हुने समय रहेको छ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने कृषि तथा पशुपालन व्यावसायमा लगानी गरी मनग्य लाभ लिन सकिनेछ । आमा वा अग्रजको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

मीन – पराक्रम बढेर जाने हुनाले काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा सुधार भएर जानेछ । छोटो तथा रमाइलो यात्रा हुन सक्छ ।

 


प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?