Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

सांसद् बजगाईँ भन्छन्– कांग्रेसमा नयाँलाई मन्त्री बन्ने अवसर दिइनुपर्छ


१० चैत्र, काठमाडाैँ । कांग्रेस सांसद् राजेन्द्र बजगाईँले कांग्रेसले मन्त्री बनाँउदा पटकपटक मन्त्री भएकालाई फेरी मौका दिन नहुने बताएका छन् । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले कांग्रेसमा यसपटक नयाँ र युवा अनुहारले अवसर पाउनुपर्ने आवाज रहेका बताएका हुन् ।

‘अरु पार्टीले नयाँलाई अबसर दिइरहेका छन् । कांग्रेसबाट पूरानालाई मन्त्रीपरिषद्मा पठाउँदा नयाँ पार्टीमा गएको युवा आकर्षण कांग्रेसले फर्काउन सक्दैन,’उनले भने,‘कांग्रेसमा ‘फ्रेस’लाई मन्त्री बनाउनुपर्छ भन्ने आवाज छ ।’

कांग्रेस इतर निकट मानिने बजगाईँको नाम पनि कांग्रेसबाट मन्त्रीको आकांक्षीका रुपमा चर्चामा छन् । कांग्रेसबाट मन्त्री कसलाई बनाउने भन्ने बिषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गरिरहेका छन् । इतर समूहले पनि गठबन्धनबाट कांग्रेसले पाउने मन्त्रालयमध्ये महाधिबेशनको मत अनुसार ४० प्रतिशत हिस्सेदारी आफूले पाउनुपर्ने भन्दै छलफल गरिरहेको छ ।

बिहिबार नेता डा. शेखर कोइरालाले आँफूनिकटको भेला बोलाएर पछिल्लो अवस्थाबारे जानकारी नेताहरुसँग परामशै गरेका थिए ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?