Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सांसद् बजगाईँ भन्छन्– कांग्रेसमा नयाँलाई मन्त्री बन्ने अवसर दिइनुपर्छ


१० चैत्र, काठमाडाैँ । कांग्रेस सांसद् राजेन्द्र बजगाईँले कांग्रेसले मन्त्री बनाँउदा पटकपटक मन्त्री भएकालाई फेरी मौका दिन नहुने बताएका छन् । सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले कांग्रेसमा यसपटक नयाँ र युवा अनुहारले अवसर पाउनुपर्ने आवाज रहेका बताएका हुन् ।

‘अरु पार्टीले नयाँलाई अबसर दिइरहेका छन् । कांग्रेसबाट पूरानालाई मन्त्रीपरिषद्मा पठाउँदा नयाँ पार्टीमा गएको युवा आकर्षण कांग्रेसले फर्काउन सक्दैन,’उनले भने,‘कांग्रेसमा ‘फ्रेस’लाई मन्त्री बनाउनुपर्छ भन्ने आवाज छ ।’

कांग्रेस इतर निकट मानिने बजगाईँको नाम पनि कांग्रेसबाट मन्त्रीको आकांक्षीका रुपमा चर्चामा छन् । कांग्रेसबाट मन्त्री कसलाई बनाउने भन्ने बिषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा छलफल गरिरहेका छन् । इतर समूहले पनि गठबन्धनबाट कांग्रेसले पाउने मन्त्रालयमध्ये महाधिबेशनको मत अनुसार ४० प्रतिशत हिस्सेदारी आफूले पाउनुपर्ने भन्दै छलफल गरिरहेको छ ।

बिहिबार नेता डा. शेखर कोइरालाले आँफूनिकटको भेला बोलाएर पछिल्लो अवस्थाबारे जानकारी नेताहरुसँग परामशै गरेका थिए ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?