Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

शेख हसिनाको टोली भारतबाट अन्यत्र प्रस्थान गर्दै


नयाँदिल्ली । बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् ।

आरक्षण आन्दोलनले राजनैतिक असन्तुष्टि निम्त्याइ हसिनालाई प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य पारेपछि शेख हसिना र शेख रेहाना (दिदीबहिनी) सहयोगीसहित भारत आएका थिए ।

हसिनाको दलका अधिकांश सदस्यहरू अब आफ्नो अर्को सुरक्षित गन्तव्यका लागि भारत छोड्ने तरखरमा रहेको स्रोत जनाएको छ ।

बङ्गलादेशको प्रतिष्ठित राजनीतिक परिवारका दुई बहिनीका सहयोगीको सङ्ख्या दुई अङ्कमा छ ।

उनीहरू भारत आउनुपूर्व भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अधिकारीहरूसँग निरन्तर सम्पर्कमा थिए । दिल्लीमा उनले नेत्री हसिनासहितको टोलीको व्यवस्थापन गरेका थिए ।

नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको नव निर्वाचित अन्तरिम सरकारका सदस्यहरूले बिहीबार साँझ नै शपथ ग्रहण गर्ने बङ्गलादेश सेना प्रमुख जनरल वाकर–उज–जमानलेलाई उद्धृत गर्दै डेली स्टारले जनाएको छ ।

अन्तरिम सरकारमा १५ जना सदस्य हुनसक्ने सङ्केत गर्दै जमानले अब बङ्गलादेशको स्थितिमा उल्लेखनीय सुधार हुँदै जाने र तीन–चार दिनभित्र सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरेका छन् । उनले विगतमा भएका अपराधमा संलग्न व्यक्तिहरूलाई नछोडी उनीहरूविरुद्ध कानुनी कारबाही गरिने बताएका छन् ।


प्रकाशित मिति: २४ श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?