Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पेरिस ओलम्पिक : अमेरिका २७ स्वर्णसहित शीर्ष स्थानमा


पेरिस । सोमबारका विभिन्न प्रतिस्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कास्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ कास्यसहित कुल ६५ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित ५१ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १२ स्वर्ण, १७ रजत र २० कास्यसहित कुल ४९ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २७ पदक जितेको छ भने जापान १२ स्वर्ण, छ रजत र १३ कास्यसहित ३१ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र आठ कास्यसहित कुल २७ पदक जितेको छ भने नेदरल्यान्ड्स नौ स्वर्ण, पाँच रजत र छ कास्यसहित कुल २० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी आठ स्वर्ण, पाँच रजत र पाँच कास्यसहित कुल १८ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।


प्रकाशित मिति: २४ श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?