Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

पेरिस ओलम्पिक : अमेरिका २७ स्वर्णसहित शीर्ष स्थानमा


पेरिस । सोमबारका विभिन्न प्रतिस्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका २७ स्वर्ण, ३५ रजत र ३२ कास्यसहित सबैभन्दा बढी ९४ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले २५ स्वर्ण, २३ रजत र १७ कास्यसहित कुल ६५ पदक हात पारेको छ भने अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित कुल ४१ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको फ्रान्सले १३ स्वर्ण, १७ रजत र २१ कास्यसहित ५१ पदक जितेको छ भने पाँचौं स्थानमा बेलायतले १२ स्वर्ण, १७ रजत र २० कास्यसहित कुल ४९ पदक जितेको छ ।

पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले १२ स्वर्ण, आठ रजत र सात कास्यसहित कुल २७ पदक जितेको छ भने जापान १२ स्वर्ण, छ रजत र १३ कास्यसहित ३१ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र आठ कास्यसहित कुल २७ पदक जितेको छ भने नेदरल्यान्ड्स नौ स्वर्ण, पाँच रजत र छ कास्यसहित कुल २० पदक जित्दै नवौँ स्थानमा छ । जर्मनी आठ स्वर्ण, पाँच रजत र पाँच कास्यसहित कुल १८ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।


प्रकाशित मिति: २४ श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?