Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुन्छ : माधव नेपाल


१० चैत्र, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको दृष्टिकोण स्पष्ट भएकाले यही गठबन्धनको नेतृत्वमा अबको सरकार सञ्चालन हुने बताएका छन् ।

पार्टी निकट नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन (समाजवादी) को तेस्रो केन्द्रीय कमिटी बैठक एवं प्रशिक्षण कार्यक्रमको उद्घाटन कार्यक्रममा अध्यक्ष नेपालले वर्तमान गठबन्धन सरकार बनाउनमात्र नभई जनताका समस्या समाधान गर्नका लागि प्रतिबद्ध रहेको बताए ।

विगतमा दुईतिहाइको सरकार पनि वैचारिक मतभेदका कारण जनादेशअनुसार टिक्न नसकेको उल्लेख गर्दै उनले यो गठबन्धनले सही सोच र दृष्टिकोणका साथ अगाडि बढ्ने हुँदा गठबन्धन भत्किने सम्भावना नरहेको प्रष्ट पारे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले मुलुकमा बढ्दै गएको आयात न्यूनीकरण गर्नुपर्नेमा जोड दिँदै आयात र निर्यातको ठूलो असन्तुलनलाई कसरी कम गर्ने भन्ने अहिलेको प्रमुख चुनौती रहेको विचार व्यक्त गरे । उनले आगामी स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जनसङ्गठन विस्तार गर्न निर्देशन दिए ।

पार्टीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कम्युनिष्ट आन्दोलनको मूलमर्मलाई आफ्नो पार्टीले आत्मसात गरेकाले समान वैचारिक दृष्टिकोण राखेका कम्युनिष्ट शक्तिको एकताका क्रममा नेकपा (एकीकृत समाजवादी)लाई केन्द्रमा राख्नुपर्ने बताए । उनले आन्तरिक एकता सुदृढ गरी सङ्गठनलाई मजबुत बनाउन सकिने बताउँदै पार्टी सङ्गठन विस्तारका क्रममा अनेक भ्रम फैलाइने हुँदा पार्टीको आधिकारिक निर्णयलाई अवलम्बन गर्न आग्रह गरे।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?