Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

पवित्र रमजान सुरु


१० चैत्र, काठमाडाैँ । इस्लाम परम्पराको एकमहिने रमजान ‘रोजा’ (व्रत) सुरु भएको छ । हिजरी (उर्दू) संवत्को ‘सवान’ महिना अन्त्य हुनुसँगै बिहीबार साँझ चन्द्रमा देखिएपछि इस्लाम धर्मगुरु मोल्वी, मौलानाले तत्कालै ‘तराबी’ नमाज (प्रार्थना) गरेर यस वर्षको रमजान अब सुरु भएको बताएका हुन् । ‘सवान’ महिना सकिनासाथ पहिलो पटक चन्द्रमा देखिएपछि तत्काल ‘तराबी’ नमाज (विशेष प्रार्थना) गरेर भोलिपल्टदेखि रमजान सुरु हुने इस्लाम परम्परा छ । सोअनुसार बिहीबार साँझ ‘तराबी’ सम्पन्न गरेका इस्लाम धर्मावलम्बीले आज ‘रोजा’ सुरु गरेका हुन् ।

हिजरी संवत् परम्परामा चन्द्र उदयको गणनाले महिना प्रारम्भ हुन्छ । यसअनुसार ‘सवान’ सकिएपछि बिहीबार साँझ चाँद (चन्द्रमा) देखिएको हुँदा रमजान महिना आज प्रारम्भ भएको महोत्तरीको भङ्गाहा–४ का बासिन्दा ८५ वर्षीय हाजी (मक्का मदिना पुगेर विशेष धार्मिक अनुष्ठान पूरा गरेका इस्लाम धर्मावलम्बीलाई दिइने उपाधि) बिहारी अन्सारी बताउँछन् ।

इस्लाम धर्मावलम्बीले गए राति मस्जिद (धार्मिक प्रार्थनास्थल) मा ‘तराबी’ नमाज गर्दै यस वर्षको रमजान शरिफको ‘रोजा’ (व्रत ) सुरु गरेका हुन् । इस्लाम परम्परामा अत्यन्त पवित्र मानिएको रमजान महिनामा दिनभरि अन्नजल केही नखाइ एक महिनासम्म ‘रोजा’ (व्रत) गर्ने परम्परा छ ।

नेपाल भारतको हकमा ‘बुखारे शरिफ’ (भारतको दिल्लीस्थित सांस्कृतिक परम्पराको निर्णय दिने अधिकार सम्पन्न धार्मिक निकाय) को निर्णयअनुसार पर्व निर्णय गरिँदै आएअनुरुप गएराति चन्द्रमा देखिएकाले आज ‘रोजा’ सुरु गरिएको नेपाली मुसलमानको भनाइ छ ।

नेपाल र भारतका अधिकांश ठाउँमा ‘बुखारे शरिफ’ को निर्णयअनुसार आज रोजा सुरु भएको जलेश्वरस्थित दारुल उलुम कादरिय रसिदिया मदर्साले जनाएको छ । रमजान महिना इस्लाम परम्परामा अत्यन्त पवित्र मानिन्छ । रमजान महिनामै पवित्र धर्मग्रन्थ ‘कुरान’ पृथ्वीमा आएकाले यो महिनामा गरिने व्रत (रोजा) अत्यन्त पुण्यदायक हुने इस्लाम मान्यता छ ।

बालक, वृद्ध, अशक्त बिरामीबाहेकका सबै मुसलमानले ब्रह्मचर्यमा रही रोजा गर्नुपर्ने मान्यता छ । बिहान सूर्योदयको एक घडी अगाडिदेखि सूर्यास्तको एक घडी पछिसम्म अन्न पानी केही नखाइ दिनहुँ नमाज पढेर यो व्रत गरिन्छ । एकमहिने रोजा सम्पन्न भएसँगै हिजरी संवत्को ‘सव्वाल’ महिना सुरु हुने र त्यसै दिन इद–उल–फित्र पर्व मनाउने गरिन्छ । यो पर्व इस्लाम परम्परामा मुख्य पर्व मानिन्छ ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?