Trending
>>   नेताहरु केन्द्रीय कमिटी बाहिर रहने अवस्था आउने कुराले चिन्तित छुः गगन थापा >>   काँग्रेस महामन्त्रीमा उदयशमशेर राणाको उम्मेदवारी >>   काँग्रेसको १५ औँ महाधिवेशनः सभापति पदका लागि गगन थापाद्वारा उम्मेदवारी दर्ता >>   काँग्रेसको महिलातर्फको उपसभापतिमा पुष्पा भुषालको उम्मेदवारी >>   काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने–पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु >>   चिरीबाबुले दिए काँग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वारी >>   महामन्त्रीको उम्मेद्वारी दिँदै महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीभित्र महिलाहरुको अर्थपूर्ण सहभागिता हुन सकेको छैन’ >>   संसदीय सुनुवाई समितिले राजदुतहरूको सुनुवाई दशैँअघि नै गर्ने >>   तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छः मन्त्री लम्साल >>   दक्षिण एशियाको आर्थिक वृद्धि ६.९ प्रतिशत पुग्ने विश्व बैंकको अनुमान
Logo
२० आश्विन २०८३, मंगलवार
२० आश्विन २०८३, मंगलवार

काठमाडौंको कालोपुलमा भएको हत्या अभियोगमा श्रीमतीसहित दुई जना पक्राउ


काठमाडौं । काठमाडौं महानगरपालिका-७, कालोपुलमा २० वर्षीय प्रेम महत दर्जीको हत्या गरेको अभियोगमा उनकी श्रीमतीसहित दुई जना पक्राउ परेका छन्। महतको आइतबार बिहान हत्या भएको प्रहरीको भनाइ छ।

पक्राउ परेकी ओखलढुंगा मानेभञ्जयाङ गाउँपालिका–९ माधवपुर घर भएकी २४ वर्षीया उषा नेपाली प्रेमकी श्रीमती हुन्। त्यस्तै सोही ठाउँका २७ वर्षीय मदन रम्तेलालाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारी जानकारी दिए।

प्रेम र उषा विगत एक महिनादेखि कालोपुलस्थित एक घरमा डेरा लिई बस्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।


प्रकाशित मिति: २१ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?