Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

असुसको एआई ल्यापटप नेपाली बजारमा


सन्जिब दुलाल,काठमाडौँ । असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको हो ।

नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेशनलले एक कार्यक्रमका बिच उक्त ल्यापटप सार्वजनिक गरेको हो ।तीन वटा प्रोसेसर सहित असुसको एआई ल्यापटप सार्वजनिक भएको कार्यक्रममा नागमणि इन्टरनेशनलका निर्देशक अमित सराफले जानकारी दिनुभयो ।

उहाँका अनुसार असुस भिभोबुक एस १५ मा १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्याड्रयागन एक्स ईलाइट प्रोसेसर प्रयोग गरिएको छ, जुन एप्पलको एम थ्री चीपभन्दा पनि फास्ट रहेको छ । यसमा क्वालकमको ओरेन सिपियु र हेक्जागन एनपीयु (न्युरल प्रोसेसिङ युनिट) पनि रहेको उहाँले जानकारी दिनुभयो । एआई सुविधायुक्तले सिपियु र जीपीयुलाई फ्री गर्नेछ, जसले गर्दा एकै पटक धेरै काम गर्न उहाँको तर्क रहेको थियो ।

विन्डोज ११ अपरेटिङ सिस्टम रहेको यसमा १६ जीवी र्‍याम र एक टिभी एसएसपी स्टोरेज रहेको छ । ल्यापटपको र्‍यामलाई आवश्यकता अनुसार ३२ जाबीसम्म बढाउने सकिने नागमणिले जानकारी दिएको छ ।

ल्यापटपले १८ घण्टासम्म ब्याट्री ब्याक अप दिने कम्पनीले जानकारी दिएको छ । यसमा आरजीबी किबोर्ड समेत राखिएको छ । असुस भिभोबुक एस १५ मा युएसबी, एचडीएमआई, बाइफाई ७, अडियो ज्याक, माइक्रो एसडी कार्ड रिडर लगायत सुविधा समेत रहेको कम्पनीले जानकारी दिएको छ । असुस भिभोबुक एस १५ को मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ रहेको र उक्त ल्यापटपको २ वर्षको वारेन्टी अनि एक्सिडेन्ट ड्यामेज प्रोडेक्ट सेवा समेत रहेको कम्पनीले जानकारी दिएको छ । जुन सुविधा मार्फत ग्राहकले पहिलो वर्ष फिजिकल ड्यामेजको मर्मत शुल्कको ८० प्रतिशत सम्म छुट पाउन सक्ने नागमणिले जानकारी दिएको छ । यो सुविधा भने नेपालमा खरिद गरिएका ल्यापटपमा मात्र भएको समेत कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार उक्त ल्यापटपमा विभिन्न अन्य सुविधा समेत रहेको छ । जसका कारण हाम्रा दैनिक जीवनका विभिन्न काम तथा गेमिङको दुनियाँमा यो ल्यापटपले अझ सुविधा दिने कम्पनीले विश्वास राखेको जानकारी दिएको छ ।


प्रकाशित मिति: १९ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?