Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज` विश्वास मत लिँदैछन्। बागमती प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ। आजको बैठकमा लामाले विश्वासको मत लिने कार्यसूची रहेको बागमती प्रदेश सभाले जानकारी दिएको छ।

उनि साउन ९ गते नेपाली कांग्रेस, नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मा. मुख्यमन्त्री बहादुर सिं लामा (तामाङ)ले प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्नु हुने हुँदा सभामुखज्यूले प्रदेश सभाको बैठक २०८१/४/१५ गते दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नु भएकोले उपस्थितिको लागि आदेशानुसार अनुरोध गर्दछु’ प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ।

११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ जनाको समर्थनको जरुरत पर्छ। प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २१ सांसद छन्। विपक्षीतर्फ माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

मुख्यमन्त्री लामाले यसअघि नै प्रदेश सरकारलाई पूर्णता समेत दिइसकेका छन् । १३ मन्त्रालय रहेको प्रदेशमा उनले एकजना विना विभागीय मन्त्रीसहित १४ जना मन्त्री नियुक्त गरेका छन् ।


प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?