Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

बागमतीका मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै


काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज` विश्वास मत लिँदैछन्। बागमती प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्दैछ। आजको बैठकमा लामाले विश्वासको मत लिने कार्यसूची रहेको बागमती प्रदेश सभाले जानकारी दिएको छ।

उनि साउन ९ गते नेपाली कांग्रेस, नेकपा (एमाले) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम मा. मुख्यमन्त्री बहादुर सिं लामा (तामाङ)ले प्रदेश सभाको बैठकमा विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेश गर्नु हुने हुँदा सभामुखज्यूले प्रदेश सभाको बैठक २०८१/४/१५ गते दिनको ३ः०० बजे बस्ने गरी निर्धारण गर्नु भएकोले उपस्थितिको लागि आदेशानुसार अनुरोध गर्दछु’ प्रदेश सभा सचिवालयले जारी गरेको सूचनामा भनिएको छ।

११० सदस्यीय प्रदेश सभामा सरकारका लागि ५६ जनाको समर्थनको जरुरत पर्छ। प्रदेश सभामा नेपाली कांग्रेसका ३७, एमालेका २१ सांसद छन्। विपक्षीतर्फ माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

मुख्यमन्त्री लामाले यसअघि नै प्रदेश सरकारलाई पूर्णता समेत दिइसकेका छन् । १३ मन्त्रालय रहेको प्रदेशमा उनले एकजना विना विभागीय मन्त्रीसहित १४ जना मन्त्री नियुक्त गरेका छन् ।


प्रकाशित मिति: १५ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?