Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

उपप्रधानमन्त्री सिंहसँग अमेरिका र दक्षिण काेरियाका राजदूतकाे शिष्टाचार भेट


काठमाडौं । नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसन र दक्षिण काेरियाका राजदूत पार्क ताइयाेङले शिष्टाचार भेट गर्नुभएकाे छ । साेमबार थम्पसन र पार्कले उपप्रधानमन्त्री सिंहसँग मन्त्रालयमै शिष्टाचार भेट गर्नुभएकाे हाे । भेटमा दुवै राजदूतले मन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताकाे शुभकामना दिनुभएको थियाे ।

भेटमा उपप्रधानमन्त्री सिंहले स्वच्छ र व्यवस्थित शहर निर्माण, फाेहाेरमैला व्यवस्थापन, नदिकाे स्वच्छता, संस्थागत क्षमता विकास, जलवायु परिवर्तनको असर न्यूनिकरणका क्षेत्रमा सहकार्यका लागि आग्रह गर्नुभयाे ।

`शहरी क्षेत्र र समग्र नेपालकाे आर्थिक विकासमा अहिले भएकाे सहयाेगबारे छलफल भयाे । शहरी विकासमा प्राप्त सहयाेगकाे निरन्तरता र थप सहयाेगका क्षेत्रबारे पनि छलफल भयाे,´ भेटमा सहभागि शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयाे ।

त्यस्तै काेरियाका राजदूत थम्पसनसँग पनि नेपाल र काेरियाकाबीचमा कुन कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ ?भन्ने विषयमा छलफल भएकाे उहाँले बताउनुभयाे । सचिव मणिराम गेलालले भन्नुभयाे, `अहिले काेरियाबाट इपीएस सिस्टमअन्तर्गत नेपालीहरूले काम गरिरहनुभएकाे छ । त्यसलाई अझ व्यवस्थित गर्ने, सँख्या वृद्धि गर्ने र राेजगारीका अवसरलाई अझ बढाउनेबारे छलफल भयाे ।´ भेटमा काेरियाका राजदूत पार्कले नयाँ शहर विकासका लागि काेरियाले नेपाललाई सफ्ट लाेन दिन सक्ने विषय राख्नुभएकाे थियाे ।


प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?