Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

उपप्रधानमन्त्री सिंहसँग अमेरिका र दक्षिण काेरियाका राजदूतकाे शिष्टाचार भेट


काठमाडौं । नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसन र दक्षिण काेरियाका राजदूत पार्क ताइयाेङले शिष्टाचार भेट गर्नुभएकाे छ । साेमबार थम्पसन र पार्कले उपप्रधानमन्त्री सिंहसँग मन्त्रालयमै शिष्टाचार भेट गर्नुभएकाे हाे । भेटमा दुवै राजदूतले मन्त्री सिंहलाई बधाई तथा कार्यकाल सफलताकाे शुभकामना दिनुभएको थियाे ।

भेटमा उपप्रधानमन्त्री सिंहले स्वच्छ र व्यवस्थित शहर निर्माण, फाेहाेरमैला व्यवस्थापन, नदिकाे स्वच्छता, संस्थागत क्षमता विकास, जलवायु परिवर्तनको असर न्यूनिकरणका क्षेत्रमा सहकार्यका लागि आग्रह गर्नुभयाे ।

`शहरी क्षेत्र र समग्र नेपालकाे आर्थिक विकासमा अहिले भएकाे सहयाेगबारे छलफल भयाे । शहरी विकासमा प्राप्त सहयाेगकाे निरन्तरता र थप सहयाेगका क्षेत्रबारे पनि छलफल भयाे,´ भेटमा सहभागि शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयाे ।

त्यस्तै काेरियाका राजदूत थम्पसनसँग पनि नेपाल र काेरियाकाबीचमा कुन कुन क्षेत्रमा सहकार्य गर्न सकिन्छ ?भन्ने विषयमा छलफल भएकाे उहाँले बताउनुभयाे । सचिव मणिराम गेलालले भन्नुभयाे, `अहिले काेरियाबाट इपीएस सिस्टमअन्तर्गत नेपालीहरूले काम गरिरहनुभएकाे छ । त्यसलाई अझ व्यवस्थित गर्ने, सँख्या वृद्धि गर्ने र राेजगारीका अवसरलाई अझ बढाउनेबारे छलफल भयाे ।´ भेटमा काेरियाका राजदूत पार्कले नयाँ शहर विकासका लागि काेरियाले नेपाललाई सफ्ट लाेन दिन सक्ने विषय राख्नुभएकाे थियाे ।


प्रकाशित मिति: १४ श्रावण २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?