काठमाडौँ। काठमाडौँ उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा आज सार्वजनिक बिदा रहेको छ । काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा बिहीबार निधन भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नकर्मीको शुक्रबार कीर्तिपुर दिखु घाटमा नेवारी परम्पराअनुसार अन्येष्टि गरिएको थियो ।
प्रकाशित मिति: १३ श्रावण २०८१, आईतवार