जनकपुरधाम । भंगहा -जनकपुर – जयनगर रेल्वेको लिकमा परेर एकजनाको दुवै खुट्टा गुमेको छ ।
रेलको लिक छेउबाट हिडिरहेका जनकनन्दनी गाउँपालिका- ३ महुवाका श्रीराम दासको शनिबार बिहान सवा ११ बजे धनुषाको खजुरीस्थित रेलको चपेटामा परेका हुन् । रेल्वेको लिकमा परेका श्रीराम दासको दुवै खुट्टा काटिएको हो ।
रेलको लिक छेउबाट हिडिरहेका उनको जयनगरबाट फर्किरहेको रेलले हर्न दिएपछि अलमलिएर रेलकै लिकमा परेपछि दुबै खुट्टा गुमेको हो।
दासको उपचारको लागि तत्कालै जनकपुर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
प्रकाशित मिति: १२ श्रावण २०८१, शनिबार