Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

प्रचण्डले खोजी खोजी हटाएका, ओलीले खोजी खोजी संरक्षण गरेका गणेश !


माेहन संग्राम, काठमाडाैं । खोटाङ काहुलेका गणेश राईको कुहिना देखि तल हात छैन, कम्प्युटरको राम्रो सीप छ, राम्रो पढ्ने राम्रो स्केच गर्ने गणेश अरू सबलाङ्गहरू झैं चुस्त कार्यसम्पादन गर्छन्।विशाल भट्टराई, भैरव राई र स्व. मिलन राईले झण्डै दशक अगाडि गणेशलाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटाएपछि सिधै उनले प्रधानमन्त्री कार्यालयमा जागिर पाए ।

ओलीको बहिर्गमन सँगै प्रचण्ड प्रधानमन्त्री भएपछि गणेशको हातमुख जोड्ने बाटो हरायो, उनी जागिर बाट निकालिए, फेरि ओलिको पुनरागमन पछि गणेशले जागिर पाए, फेरि ओली प्रधानमन्त्रीबाट बाहिरिएसँगै दोश्रोपटक प्रचण्डले गणेशलाई हटाए ।

यसपटक केपी ओली प्रधानमन्त्री भएर कार्यालय आउँदा गणेश नदेखेपछि ओलीले गणेशलाई खोजेर आफूले नियुक्त गर्न पाइने आफ्नो सचिवालयमा नियुक्त गर्नुभयो ।
गणेश र ओलीको छुट्टै कुनै साइनो छैन, एउटै साइनो छ – संवेदनाको साइनो, हामीसँग पनि ओलीको प्रमुख साइनो यही नै हो ।


प्रकाशित मिति: ११ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?