Trending
>>   सभामुख विचौलियाको पक्षमा उभिएः राप्रपा >>   संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश >>   रास्वपा नेतृत्व विहीन हुँदा उद्देश्य र गन्तव्यहिन भयोः सचिव भट्टराई >>   मुख्य आरोपित गृहमन्त्री हुनुहुन्न, राजीनामा दिन आवश्यक छैनः सांसद जबरा >>   काँग्रेस सांसद बजगाईंको आरोपः भौतिकमन्त्रीलाई भूगोलको ज्ञान छैन >>   सरकारले चैते धान नकिनिदिँदा भुसको भाउमा बेच्नुपरेको किसानको गुनासो >>   दुई तिहाइको शक्तिशाली सरकारले आम अपेक्षा विपरित बजेट ल्यायोः सांसद पाण्डे >>   प्राप्त अधिकारहरु गुम्नसक्ने खतरा छः उपप्रधानमन्त्री सिंह >>   सोमवारदेखि सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने >>   बजेटको आकार सन्तुलित छः अर्थमन्त्री
Logo
१ असार २०८२, आईतवार
१ असार २०८२, आईतवार

राजा चार्ल्सको फ्रान्स भ्रमण परिवर्तन नहुने : बेलायत


१० चैत्र, एजेन्सी। बेलायतका राजा चाल्र्स तृतीयको आगामी साता हुने फ्रान्सको राजकीय भ्रमणलाई परिवर्तन गर्ने कुनै योजना नरहेको बेलायत सरकारले बिहीबार जनाएको छ ।

“पक्कै पनि हामी राजाको कार्यक्रमलाई परिवर्तन गर्नेगरी अर्को निर्णय गर्नेतर्फ लाग्दैनौँ । यो निर्णय उहाँहरूको (दरबार)को निर्णय हुनेछ,” प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले पत्रकारहरूसँग भने । “मलाई यो योजना परिवर्तन गर्ने कुनै पनि योजनाबारे जानकारी छैन,” उनले भने ।

महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा निधन भएपछि चाल्र्स र उहाँकी पत्नी क्यामिला आइतबारदेखि बुधबारसम्म फ्रान्स र त्यसपछि जर्मनीमा जाने कार्यक्रम छ ।

चाल्र्सले राष्ट्रपति इमानुयल म्याक्रोँसँग पेरिसको आर्क डी ट्रायोम्फेमा स्मृति समारोहका लागि र भर्सालिज दरबारमा भोजका लागि दक्षिणपश्चिमको बोर्डोतर्फ प्रस्थान गर्नेछन् ।

फ्रान्सका केही विपक्षी राजनीतिज्ञले म्याक्राेँ विरोधी प्रदर्शनकारी र दङ्गा प्रहरीबीच झडप भइरहेका बेला यो भ्रमण पछि सार्नुुपर्ने तर्क गरेका छन् । चाल्र्सले फोहोरले भरिएका सडक र यातायात हडतालको सामना गर्नुपर्ने जोखिम छ ।

पेरिसस्थित बेलायती दूतावासका एक स्रोतले एएफपीसँग भन्यो, “हामी राजनीतिक रूपमा कसरी विकसित भइरहेको छ र सुरक्षा स्थितिमा कसरी सुधार भइरहेको छ भन्नेमा निगरानी गरिरहेका छौँ । यो भ्रमणसम्म जारी रहनेछ ।”


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?