Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

दक्षिण कोरियामा बढी चामल सरकारले खरिद गर्नुपर्ने


१० चैत्र, एजेन्सी। दक्षिण कोरियाको संसदले सरकारले बढी चामल खरिद गर्न अनिवार्य गर्ने विधेयक पारित गरेको छ ।

विपक्षी डेमोक्र्याटिक पार्टीको नेतृत्वमा रहेको राष्ट्रिय सभाको पूर्ण अधिवेशनमा संशोधित अन्न व्यवस्थापन ऐनको पक्षमा उपस्थित २६६ सांसदमध्ये १६९, विपक्षमा ९० मत परेको छ । मतदानमा सात सांसद अनुपस्थित भएका थिए ।

संशोधित ऐनअनुसार धानको मागभन्दा तीनदेखि पाँच प्रतिशत बढी उत्पादन भएको अवस्थामा वा अघिल्लो वर्षको तुलनामा चामलको मूल्य पाँचदेखि आठ प्रतिशतले घटेमा सरकारले सबै बढी उत्पादन भएको चामल खरिद गर्नुपर्ने व्यवस्था छ ।

डेमोक्र्याटिक पार्टीले धानको मूल्य र किसानको आयलाई स्थिर गर्न संशोधनलाई अघि बढाएको थियो ।

सरकार र सत्तारूढ पिपुल्स पावर पार्टीले खरीद लागतको बोझ र कृषि क्षेत्रमा कम प्रतिस्पर्धाजस्ता समस्याहरू देखाउँदै यसको विरोध गरेका छन् ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?