Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सौर्य एयरलाइन्स दुर्घटनाः कस्तो छ घाइते पाइलटको अवस्था ?


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रियमा विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा विमानका चालक ३७ वर्षीय मनीष शाक्यको बाच्न सफल भएका छन् । शाक्यको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालको इमर्जेन्सीमा रहेका एक चिकित्सकले दिएको जानकारी अनुसार शाक्यको अवस्था खतरामुक्त छ । उनको देब्रे आँखामाथि चोट लागेको छ । आँखा सुन्निएको छ । सिटी स्क्यान गरेर हेर्दा टाउकोभित्र रगत जमेको वा त्यस्तो खालको गम्भीर चोट देखिएको छैन ।

अहिले एक्सरे भइरहेको र केहीसमय पछि एमआरआई गर्ने तयारी भइरहेको ती चिकित्सकले जानकारी दिए। बिरामी बोलिरहेको ती चिकित्सकले छन् ।सबै परीक्षण सकेर आइसीयूमा राखि उपचार गर्ने तयारी भइरहेको छ ।


प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?