Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

स्काउटको जग्गा विवाद सुल्झाउन पहल गर्छु: खेलकुमन्त्री चौधरी


काठमाडौं। युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सकभर छिटो सुल्झाउन आफूले पहल गर्ने बताउनु भएको छ । सिंहरदरबारस्थि मन्त्रालयमा स्काउटसँगको ब्रिफिङपछि मन्त्री चौधरीले स्काउटको जग्गा विवादको कुरा सुल्झाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

मन्त्री चौधरीले भन्‍नुभयो, ‘हामीसँग जग्गा छ । लैनचौरको जग्गा विवाद हामी सकभर छिटो समाधान गर्ने छौं । त्यसमा हामी पर्यटकीय प्रयोग हुने गरि तालिम केन्द्र बनाउन सक्छौं ।’ उहाले स्काउटलाई खेलकुद पर्यटनको माध्यम बनाउने गरी पहल समेत प्रतिवद्धता जनाउनुभयो । स्काउटको लालपुर्जा सहितको जग्गा १२ जिल्लामा रहेको भए पनि सही उपयोग नभएको भन्‍दै मन्त्री चौधरीले यसको सही तथ्याङ्क निकाल्‍नसमेत निर्देशन दिनुभयो ।


प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?