Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई स्वर्ण !


काजकस्थान । एघारौँ अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक प्राप्त गरेको छ । १५ जुलाईदेखि १९ जुलाईसम्म सञ्चालन भएको स्ट्रेन्थ लिफ्टिङ प्रतियोगिता अन्तर्गत बेन्च प्रेसतर्फ विश्वभरका खेलाडीहरूलाई पछि पार्दै केदारेश्वर मान स्थापितले स्वर्ण पदक सुरक्षित गर्नुभएको हो। लामो समय खेलकुद क्षेत्रमा व्यतीत गरी मार्सल आर्टका ग्रान्ड मास्टरसमेत रहनुभएका स्थापितले यसअघि भारतमा भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ च्याम्पियनसिपमा समेत नेपालको लागि पदक सुरक्षित गर्नुभएको थियो। यस प्रतियोगितामा नेपालबाट गएको टिमले करिब ११ वटा पदक प्राप्त गरेको समाचार छ भने खेलाडीहरू आज नेपाल फर्कने सूचना प्राप्त भएको छ।

नेपालका लागि ठूलो मात्रामा पदक सुरक्षित गरी राष्ट्रको इज्जतलाई संसारभर उच्च पंक्तिमा राख्न सफल भएतापनि अधिकांश खेलाडीले आफ्नै खर्चमा प्रतियोगितामा भाग लिएका हुन् जसमा राज्यको तर्फबाट कुनै सहयोग प्राप्त भएको छैन। आशा गरौं अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय गौरवलाई उच्च राख्दै चन्द्र सूर्य अङ्कित झण्डा फहराउने खेलाडीहरूलाई देश फर्केपछि नेपाल सरकारले न्यायपूर्ण रूपमा सम्बोधन गर्नेछ।


प्रकाशित मिति: ८ श्रावण २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?