Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

आहा ! सौन्दर्यकी खानी, पहाडकी रानी माइपोखरी (फिचर)


 इलाम । सौन्दर्यकी खानी, पहाडकी रानी भनेर चर्चित नेपालको पूर्वी क्षेत्रमा अवस्थित मनोरम जिल्लाको नाम हो इलाम । पर्यटन क्षेत्रका लागि अत्यन्तै आकर्षक गन्तव्य स्थलको रुपमा विकास गर्न सकिने र विकसित हुँदै आइरहेको इलाम जिल्लाको गहनाको रुपमा रहेको एउटा प्रमुख पर्यटकीय स्थल हो– माइपोखरी ।

हिन्दू र बुद्ध धर्मावलम्बीहरुका लागि अत्यन्तै आस्थाको केन्द्रको रुपमा मानिँदै र पुजिँदै आइएको माइपोखरी इलाम जिल्लाको सदरमुकामबाट करिब १५ किलोमिटर उत्तरतिर ६,९०० फिटको उचाइमा अवस्थित छ । करिब १ किलोमिटर क्षेत्रफलमा फैलिएको माइपोखारी सन् २००८ को अक्टोबरमा विश्व सिमसार क्षेत्रको रुपमा समेत सूचीकृत भइसकेको छ ।

आफ्ना वरिपरि माइपोखरी बोटानिकल गार्डेनलाई समेटेर बसेको त्यस क्षेत्रलाई जैविक एवं वनस्पति विविधिताको क्षेत्रका रुपमा समेत लिइन्छ । विभिन्न थरिका अर्किड फूलहरु, अन्य विविध लेकाली फूल तथा चाप, धूपी, सल्ला लगायतका रुखविरुवा तथा जडीबुटीहरु पाइने माइपोखरी क्षेत्र ह्वाइट रम्प्ड गिद्ध, चितुवा–बिरालो, युरेरियन ओटर र विश्वमै दुर्लभ मानिने एकखालको छेपारो (स्थानीय नाम ठकठके) को समेत बासस्थान हो । त्यस क्षेत्रमा ३०० प्रजातिका चराहरु पनि पाइन्छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?