Trending
>>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल >>   ‘घर जलिरहेको बेला मानिसलाई फारम भर्न लगाइँदैन, तत्काल उद्धार गरिन्छ, जलवायु न्यायको अर्थ यही हुनुपर्छ’:प्रधानमन्त्री… >>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अस्ट्रेलियाको प्रतिष्ठित एक्सेलसिया कलेजमा १५ हजार डलरसम्मको छात्रवृत्ति पाउने अवसर


अस्ट्रेलिया । एक्सेलसिया कलेज, सिड्नीले अस्ट्रेलियामा संगीतमा स्नातक र स्नातकोत्तर अध्ययनका लागि ७औं अडिसन सुरु गर्ने भएको छ । अडिसनले अस्ट्रेलियामा संगीत विषयमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूलाई असाधारण अवसर प्राप्त हुने कलेजले जनाएको छ । सन् १९८३ मा स्थापना भएयता नै एक्सेलसिया कलेजले कला अध्ययनमा उच्च शिक्षालाई उत्साहपूर्वक रूपमा प्रवर्द्धन गरेको छ । विभिन्न प्रतिष्ठित सांगीतिक कार्यक्रममार्फत लगातार प्रतिभावान व्यक्ति जन्माएको छ । कलेजले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रो मिसन नै ‘तपाईंको प्यासनलाई पेशामा बदल्नूस्’ आदर्श वाक्यमा आधारित छ, कलाकारहरूलाई आफ्नो करियरमा अगाडि बढ्नका लागि कौशलताप्रदान गर्ने हाम्रो प्रतिबद्धता हो ।’

७ वर्षयता एक्सेलसिया कलेजमा थुप्रै नेपाली विद्यार्थीले स्नातक उत्तीर्ण गरी सांगीतिक दुनियाँमा आफ्नो स्थान बनाउन सफल भएका छन् । एडुक्वेस्ट नेपालको सहकार्यमा हुने ७औं अडिसन अस्ट्रेलियामा संगीतमा स्नातक अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि लक्षित गरिएको छ । आगामी जुलाई २२ का दिन ठमेलस्थित पर्पल हेज रक बारमा अडिसन आयोजना हुने कलेजले जनाएको छ । उक्त अडिसनमा युवा कलाकारहरूले आफ्नो प्रतिभा प्रस्तुत गरेर १५ हजार अस्ट्रेलियन डलरसम्मको छात्रवृत्ति जित्न सक्ने पनि कलेजले जनाएको छ । स्नातकमा ३ वर्षको १५ हजार र स्नातकोत्तरमा २ वर्षको ६ हजार अस्ट्रेलियन डलरसम्म छात्रवृत्ति विद्यार्थीले प्राप्त गर्न सक्ने कलेजले जनाएको छ ।

प्रस्तुतिका क्रममा सहभागीले गितार, ड्रम, पियानो, बाँसुरीलगायतका वाद्यवादन र भोकलमा समेत प्रतिस्पर्धा गर्न पाउनेछन् । १८ देखि २३ वर्ष उमेर समूहका विद्यार्थीले उक्त अडिसनमा सहभागी हुन पाउनेछन् । जसका लागि १२ कक्षा उत्तीर्ण वा काठमाण्डू विश्वविद्यालय वा त्रिभुवन विश्वविद्यालयबाट संगीतमा डिप्लोमा वा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने कलेजले जनाएको छ । १२ कक्षा उत्तीर्ण विद्यार्थीका हकमा भने संगीतको आधारभूत ज्ञान भएको हुनुपर्नेछ । त्यसैगरी ब्यान्डको प्रस्तुतिका हकमा भने एकल सहभागिता मानिनेछ । व्यक्तिगत प्रस्तुकर्ताले भने छुट्टै मूल्यांकनमा सहभागी हुन पाउनेछन् । अडिसनको निर्णायकमा एक्सेलसिया कलेजको प्रदर्शन कला विभागका प्रमुख डा. लोट्टे लातुकेफु र ‘द स्याडोज नेपाल’ र ‘स्वर’ का लिड भोकलिस्ट स्वप्निल शर्मा रहेका छन् । अडिसनका विस्तृत जानकारी र आवेदन प्रक्रियाका बारेमा थप जानकारी एक्सेलसिया कलेजको आधिकारिक वेबसाइटमार्फत लिन सकिने कलेजले जनाएको छ ।


प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?