Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

युवाहरुलाई मुलुकभित्रै भविष्य देखाउनुपर्छ: युवा मन्त्री चौधरी


काठमाडौं। नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्‍ने वातवरण बनाउनुपर्ने बताएका छन्।शुक्रबार सिंहदरवारस्थित युवा तथा खेलकुद मन्त्रालयमा राष्ट्रिय युवा परिषदसँगको ब्रिफिङमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन् ।

मन्त्री चौधरीले भने, ‘नेपाली युवाहरुलाई उद्यमशीलताको बाटोमा सहज ढंगले लाग्ने वातवरण बनाउनुपर्दछ।नेपाली युवाहरुलाई मुलुकभित्रै भविष्य खोज्‍ने वातवरण बनाउनु नै मुख्य चुनौती हो। यसबारे सबै सरोकारवालाले गम्भीर भएर लाग्नुपर्दछ ‘

मन्त्री चौधरीले युवा शक्तिलाई परिचालन गर्न सकेमात्र मुलुकले समृद्धिको पाइला चाल्न सकिने जिकिर गरे।उनले युवा जनशक्तिको वढ्दो पलायनमा चिन्ता व्‍यक्त गरे। ‘ नेपाली युवाहरू दिनदिनै एयरपोर्टबाट विदेश उडिरहेका छन्,’ मन्त्री चौधरीले चिन्ता व्‍यक्त गर्दै भने, ‘युवा पलायन किन भइरहेका छन्, यसबारेमा सोच्न् बेला आएको छ।’

कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुको अपेक्षाका तुलनामा बजेट अपर्याप्त रहेको बताए। बस्नेतले कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत जनसङ्ख्या युवाको रहेकाले युवाको सवाल र समस्यालाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताए।

उनले युवा उद्यमशीलतालाई प्रवर्द्धन गर्नका लागि कार्यविधि संशोधन गरेर युवा उद्यम कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी समेत गराए।कार्यक्रममा मन्त्रालयका सचिव सुमनराज अर्यालले मन्त्रालय र परिषदबीच समन्वय गरी युवाक पक्षमा नतिजामुखी काम गर्नुपर्ने बताए।

कार्यक्रममा परिषदका प्रशासकीय प्रमुख दिनेश घिमिरले परिषदकातर्फबाट भएका कामसहित नयाँ आर्थिक वर्षमा गरिने कार्यक्रम र योजनाको विस्तृत रिपोर्ट पेश गरेका थिए।


प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?