Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

कराते र महिला क्रिकेटमा ऐतिहासिक जित निकाल्ने खेलाडीलाई खेलकुदमन्त्रीकाे बधाई


काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम तथा एसीसी वुमन्स एसिया कपमा यूएईमाथि भएको ऐतिहासिक जितप्रति खेलाडीहरूलाई बधाई दिएका छन् ।शुक्रबार युवा तथा खेलकुदमन्त्री चौधरीले आफ्नो सचिवालयको अफिसियल फेसबुकमार्फत दुवै प्रतियोगीताका खेलाडीहरूलाई बधाई दिएका हुन् ।

उनले फेसबुकमार्फत नेपाली महिला क्रिकेट टोलीलाई बधाई दिँदै भनेका छन्, ‘ नेपालले एसीसी वुमन्स एसिया कपमा यूएईमाथि ६ विकेटको ऐतिहासिक जित हात निकालेकोमा नेपाली महिला क्रिकेट टोलीप्रति हार्दिक तथा शुभकामना व्‍यक्त गर्न चाहन्छु।’

११६ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। यसअघि नेपाल एसिया कपमा २०१२ मा तीन र २०१६ मा ५ खेलमा नेपाल पराजित भएको थियो । नेपालको जितमा सम्झना खड्का ४५ बलमा ११ चौकासहित ७२ रनमा नट आउट रहिन् । पूजा महतो ७ रनमा नट आउट रहिन् ।

यस्तै खेलकुद मन्त्री चौधरीले भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाली टिम प्रथम भएकमा खेलाडीहरूलाई बधाई दिएका छन् । उनले बधाई दिँदै फेसबुकमा लेखेका छन्, ‘ मित्र राष्ट्र भुटानको थिम्पुमा भएको ८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपालले ३१ स्वर्ण २० रजत र ११ कास्यसहित कूल ६२ पदकसहित टिम प्रथम भएकोमा हार्दिक बधाई दिन चाहन्छु ।’

८ओै साउथ एशियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण २० रजत र ११ कास्यसहित कूल ६२ पदकसहित टिम प्रथम भएको छ, जसमा प्रतियोगिताको अन्तिम दिन नेपाललाई स्वर्ण दिलाउन सफल खेलाडीहरुमा पुरुष क्याडेटतर्फ –५२ किलोमा समन श्रेष्ठ,–६३ किलोमा साहिल राई,जुनियर तर्फ –६८ किलोमा निशान तामाङ्ग, त्यसैगरी यु–२१,–८४ किलोमा गौरव नेपाल, +८४ किलोमा आशिष श्रेष्ठ रहेका छन्।

यस्तै पुरुषकै सिनियरतर्फ–५५ किलोमा एलोन श्रेष्ठ,–६७ किलोमा सन्तोष श्रेष्ठ, –८४ किलोमा मोहम्मद सेखु आलम र +८४ किलोमा विप्लब लाल श्रेष्ठले नेपाललाई स्वर्ण दिलाए ।

साथै उनले ३३ गृष्मकालीन पेरिस ओलम्पिक २०२४मा भाग लिन जाने खेलाडी तथा प्रशिक्षकलाई नेपालीको शीर उँचो पार्ने गरी खेल खेल्न आग्रह गर्दै शुभकामना दिएका छन् ।


प्रकाशित मिति: ५ श्रावण २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?