Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

बंगलादेशमा चर्कियो आरक्षणको विरोधमा आन्दोलन, मृतकको संख्या २५ पुग्यो


काठमाडौं । बंगलादेशमा सरकारी जागिरमा आरक्षणको विरोध गर्दै सुरु भएको आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या २५ पुगेको छ । आन्दोलनमा सयौं घाइते भएका छन् ।

प्रधानमन्त्री शेख हसिनाले बुधबार राष्ट्रको नाममा सम्बोधन गरेपछि हिंसा झन् भड्किएको बीबीसीले जनाएको छ । प्रदर्शनकारीहरुले राजधानी ढाकासहित कयौं स्थानहरुमा आगजनी र तोडफोड गरेका छन् । ठाउँ–ठाउँमा प्रहरीसँग झडप भएको छ । हिंसा बढ्दै गएपछि इन्टरनेट सेवा र स्कुल कलेजहरु अनिश्चितकालीन बन्द छन् ।

बुधबार प्रधानमन्त्री शेख हसिनाले प्रदर्शनकारीलाई संयमित हुन आह्वान गरेकी थिइन् । उनले प्रदर्शनकारीको उचित माग सम्बोधन गर्ने आश्वासन दिँदै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएकी थिइन् ।

प्रधानमन्त्री शेख हसिनाले सम्बोधन गरेको भोलिपल्ट नै आन्दोलन झन् चर्किएको छ । प्रदर्शनकारीहरुले विहीबार बंगलादेश बन्द आह्वान गरेका थिए । बिहीबार राति विभिन्न ठाउँमा हिंस्रक प्रदर्शन पनि भएको बीबीसीले जनाएको छ ।


प्रकाशित मिति: ४ श्रावण २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?