Trending
>>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन >>   रेडक्रसका नाममा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न दलीय आधारमा गठन भएका सबै समितिहरू विघटन गरौँ :… >>   ५ लाखभन्दा बढी विद्यार्थी सहभागी हुँदै बिहिबारबाट एसईई सुरु हुने,नतिजा प्रकाशन एक महिनामै गर्ने तयारी >>   सभामुखको चुनाव चैत २२ मा हुने, यस्तो छ प्रतिनिधि सभाको पहिलो बैठकको कार्यसूचि >>   दिनेशको उत्कृष्ट बलिङमा पुलिस विजयी
Logo
१८ चैत्र २०८२, बुधबार
१८ चैत्र २०८२, बुधबार

बार्षिक अर्बौँ भ्रष्ट्रचार गर्दै रिकभरिङ्ग नेपालका पदाधिकारी ! अख्तियारमा पर्याे उजुरी


काठमाण्डौँ । गैरसरकारी संस्था रिकभरिङ्ग नेपालका पदाधिकारी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता भएको छ ।गोप्य स्रोतका अनुसार गत जेठ २७ गते सो संस्थाका महासचिव उज्वल कर्माचार्य, कार्यकारी निर्देशक बिष्णु फुँयाल शर्मा, कोषाध्यक्ष रिद्धि प्रताप जंग राणा र सचिव समिर थापा बिरुद्ध मुद्दा दर्ता भएको हो ।

उनीहरु माथि नेपालमा लागु औषध प्रयोगकर्ताहरुको ब्यबस्थापनका नाममा राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संस्था र नेपाल सरकारबाट बिभिन्न कार्यक्रमहरु मार्फत बार्षिक अर्बाैँ रुपैँया बजेट ल्याउने र सेटिङमा काम गरि भ्रष्ट्रचार गर्ने गरेको आरोप लागेको छ । प्रतिवादीहरुले रिकभरिङ्ग नेपालका अध्यक्ष दिलिप गुरुङसहित सरकारका गृह र स्वास्थ्य मन्त्रालयका कर्मचारीदेखि मन्त्रीसम्मलाई घुस रकम दिने, विदेश भ्रमण लैजाने गरेर विगत दशकौँ देखि कमाउ धन्दा चलाउने गरेको अभियोग पत्रमा लेखिएको छ ।

‘अख्तियारमा मुद्दा परेको बिषय मलाई थाहा छैन् । तर, यिनीहरुले विगतदेखि नै सेटिङमा लागुऔषध र दुव्र्यशनमा लागेका मानिसहरुको व्यबस्थापन र उपचारका लागि भनेर आएको बार्षिक करोडौँ, अर्बाैँ रुपैँया सेटिङमा काम गरेर घोटाला गर्थे’, नाम नवताउने सर्तमा रिकभरिङ्ग नेपालका एक वोर्ड सदस्यले भने, ‘यिनीहरु तीन चार जना वाहेक अरु हामी कोही वोर्ड सदस्यलाई पनि संस्थामा कति बजेट आयो ? कति कुनकुन ठाउँमा खर्च भयो ? कुनै हिसावकिताव देखाउँदैन थिए ।’

ती पदाधिकारीहरुले सार्वजनिक सुनुवाइ पनि नगर्ने र संस्थाका अन्य सदस्यहरुमा पनि आयव्याय सँगै संस्थाका गतिबिधीका बारेमा जानकारी नदिने गरेको अन्य वोर्ड सदस्यहरु बताउँछन् ।संस्थाका ती पदाधिकारीहरु बिरुद्ध परेको उजुरीमा सेटिङमा सधैँ विना प्रतिस्पर्धा एउटै संस्थालाई मात्रै काम दिने, लागुऔषधका दुव्र्यशनका कारण एचआइभी, हेपाटाइटीस सि र बीबाट ग्रसित बिरामीहरुका लागि दातृ निकायबाट निशुल्क आएको औषधी लाखौँमा बिक्री गर्ने, नक्कली कर्मचारीहरु ख्डा गरि रकम हिनामिना गर्ने जस्ता आरोप लगाइएको छ ।


प्रकाशित मिति: ३ श्रावण २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?