Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

आज मिति २०७९ साल चैत्र १० गते शुक्रबार, हेर्नुहोस् आजको राशीफल


आज मिति २०७९ साल चैत्र १० गते शुक्रबार । आजको राशीफल यस प्रकार छ।

मेष – आम्दानीको श्रोत बढ्नाले आर्थिक समस्या टर्नेछ । नोकरीमा लाभ एवं राजनीतिबाट फाइदा हुनुका साथै खर्च बढ्ने र पारीवारिक समस्या हुने देखिन्छ ।

वृष– ठूलाबडाबाट आश्वासनका साथै प्रद प्रतिष्ठामा वृद्धि हुने देखिन्छ । आकश्मिक लाभ प्रियजन भेटघाट र आफन्तबाट फाइदा मिल्नेछ ।

मिथुन – भाग्यले साथ दिनाले अधुरा काम बन्नेछन् । राजनीतिक फाइदा र जिम्मेवारी एवं आत्म प्रशंसा बढ्ने देखिन्छ ।

कर्कट– प्रेमीप्रेमिकाबीच सम्बन्ध सुध्रिनेछ । अपमान आउन नसक्ला भन्न सकिन्न । भ्रमणकाे अवसर मिल्ने संभावना छ । स्वास्थ्यको समस्याले खर्च बढ्ने देखिन्छ ।

सिंह– शत्रुहरुबाट बच्नुपर्ने देखिन्छ । स्वास्थ्यमा भने सुधार हुनेछ । स्त्रीबाट सहयोग मिल्नेछ । वैवाहिक कुराकानी चल्नेछ । दिनको अन्त्यमा तनाव बढ्ने र गरेको काम बिग्रिन सक्छ ।

कन्या– मुद्दामामिलामा आफ्नो पक्षमा काम हुनेछ । आलोचकहरु तह लाग्नेछन् । सानो यात्रा र आफन्तजनसँग भेटघाट हुनेछ । विद्यामा सफलता मिल्नेछ । सन्ततिबाट सहयोग पाइनेछ ।

तुला– पारीवारिक समस्याले सताउनेछ । घरायसी मनमुटाव बढ्नेछ । मनमा अशान्ति एवं तनावले पिरोल्नेछ । सन्तानको चिन्ताले खर्च बढ्नेछ । व्यापारमा भने फाइदा हुनेछ ।

वृश्चिक– काम अधुरा रहन सक्लान्। घरायसी झन्झट बढ्नेछ । धन प्राप्तिको योग छ । सन्तानबाट सुख बढ्ने र बौद्धिक क्षमता बढ्नेछ । उत्साह बढ्नेछ । दाजुभाईबाट फाइदा मिल्नेछ ।

धनु – मीठो भोजनको अवसर मिल्नेछ । आफन्तबाट सहयोग पाइनेछ । छाेटाे यात्रा हुनेछ । मनमा अशान्ति तथा पारीवारिक झै झगडा हुनेछ । पारीवारिक भेटघाट हुनेछ । अचानक धन सम्पति प्राप्ति हुनेछ ।

मकर – काममा सन्तुष्टि मिल्दैन । खर्च बढ्नेछ । शरीरमा कमजोरीपन आउनेछ । केही सरसामान हराउन सक्ने तथा यात्रामा झन्झट आउनेछ । प्रेममा मनमुटाव आउनेछ ।

कुम्भ – धनको चिन्ता हुनेछ । आफन्तबाट धोका मिल्नेछ । पारीवारिक सुख एवं व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । आर्थिक सहयोग पाइनेछ । स्वास्थ्यमा समस्या आउने देखिन्छ ।

मीन – मनमा द्विविधा बढ्नाले काम अधुरो रहनेछ । राजनीतिमा सफलता मिल्ने तथा नोकरीमा पदोन्नतिको सम्भावना एवं गरेको काममा प्रशंसा मिल्नेछ ।


प्रकाशित मिति: १० चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?