काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यूरोडमा पुन: फुटपाथ विस्तारको काम थालेको छ।
उच्च अदालत पाटनले फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरपालिकाले न्यूरोडमा पुन: फुटपाथ विस्तारको काम थालेको हो ।
यसअघि महानगरले फुटपाथ चौडा बनाउने न्यूरोड क्षेत्रका काटेको सडक महानगरको क्षेत्राधिकारभित्र नपर्ने भन्दै सडक विभागले फुटपाथ विस्तार कार्य रोकिदिएको थियो।
प्रकाशित मिति: २ श्रावण २०८१, बुधबार