Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

एक महिनापछि सरकारी अस्पतालमा लाइन बस्न नपर्ने बनाउँछौं: स्वास्थ्यमन्त्री


काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् ।सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले संघीय अस्पतालमा लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका हुन् ।

‘नेपालको स्वास्थ्य उपचार क्षेत्रमा सुधार भएको महसुस गराउनेछौं । एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने, व्यवस्थित स्वास्थ्य सुविधा हामी अगाडि बढाउनेछौं’, उनले भने, ‘धेरै ठूला काम कति गर्न सक्छौं, तर साना साना कुराहरुको परिवर्तन गरेर देखाउन सक्छौं ।’

मन्त्री पौडेलले एक हप्ताभित्र तत्काल गर्ने काम र दीर्घकालीन कामहरुको सूची सार्वजनिक गर्ने बताए । ‘अबको एक हप्ताभित्र मन्त्रालयले तत्काल के गर्छ भन्ने कुरा र ३ महिनाभित्र, ६ महिनाभित्र र एक वर्षभित्र गर्ने कार्यक्रम सार्वजनिक गर्नेछौं’, उनले भने ।


प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?